Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221905002_142665404666233_6988235088858694110_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221838098_189566949875636_2484975365654382467_n-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/225502653_4394215350631090_472164710808374718_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ जोन XLII को डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

कपन अनलाइन

काठमाडौँ, श्रावण १४ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का जोन चियरपर्सन लायन  राजन श्रेष्ठ धरातलको अध्यक्षतामा डिस्ट्रिक गभर्नर्स  फर्स्ट एडभाइजरी कमिटि मिटिंग तथा डिजी टिम सम्मान कार्यक्रम  सम्पन्न भएको छ । बाँसबारी को भेटघाटचोक स्थित  फ्रेन्डशिप क्याफेमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जी एट एरिया लिडर  लायन खगेन्द्र सिटौला रहेका थिए भने बिशेष अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर कर्म गुरुङ,

 District cabinet secretary लायन धर्मशरण श्रेष्ठ,अनरी एडभाइजर लायन बिष्णु भाइ श्रेष्ठ, डिस्ट्रिक चिफ काउन्सिलर लायन बिमल कुमार श्रेष्ठ जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन रमेश लामा ,   डिस्ट्रिक  जी एल टि कोर्डिनेटर लायन श्याम कुमार यादब  चिफ  एडमिनिस्ट्रेटर मंदर शिखर बन्दोपाध्य ,चिफ ब्लड सर्भिस   बिनोद कुमार श्रेष्ठ, ईमप्याक्ट एरिया चिफ महेश पण्डित ईमप्याक्ट एरिया चिफ   भुवन पोखरेल, ईमप्याक्ट एरिया चिफ लायन धुर्बतारा पोखरेल,  डिस्ट्रिक माइ एल सी आइ कोर्डिनेटर लायन श्रीधर भण्डारी रिजन चियरपर्सन लायन

मन्दिप महर्जन ,रिजन चियरपर्सन लायन ठण्डराज ठकुरी   लगायत ईमप्याक्ट VIII  रिजन XXI जोन XLII  अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं  लिडरशिप फर चेन्ज लायन्स क्लब अफ काठमाडौं  कपन होराइजन,,लायन्स क्लब अफ काठमाडौं कपन ,लायन्स क्लब अफ काठमाडौं मनास्लु,  लायन्स क्लब अफ काठमाडौं   मनास्लु वर्ल्ड  रहेको जोनका  पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब  काठमाडौं  कपन होराइजनका   सचिब  रामशरण सापकोटाले  झण्डाको अभिवादन बाचन  गरेका   थिए भने कार्यक्रममा एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना समेत गरिएको थियो  ।  जोनचियरपर्सन लायन राजन श्रेष्ठ धरातल  स्वयंले  स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले योजनाबद्ध रूपमा गरिने कार्यक्रमले वर्षभरि तालिका अनुसार गर्न सकिने भएकाले सबै क्लबले सहकार्य गरि सामाजिक कार्य गर्न अनुरोध गरेका थिए । कागजमा मात्रै सीमित नराखेर व्यवहारमै काउनले कार्ययोजना कार्यान्वयन गर्न जोड दिँदै समाज सेवामा प्रतिपर्धी नभएर समुदायको  आवश्यकता पहिचान गरि सेवा गर्न आग्रह गरेका थिए  । कार्यक्रममा जोन XLII  अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०२० /२१  मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२१ /२२ मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।

 कार्यक्रममा ५ वटै क्लबका प्रतिनिधिहरुले क्लबले गर्दै   आएको सामाजिक तथा मानवीय सेवाका कार्य सहित क्लबको प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजनाको बारेमा  समेत जानकारी गराएका थिए । त्यसै गरि अन्य क्लबका पदाधिकारीहरुले  आआफ्नो क्लबका प्रगति विवरण सहित आगामी दिनमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।कार्यक्रममा इम्प्याक्ट एरिया चिफ महेश पण्डितले  उत्साहजनक सहभागिता र सामाजिक सेवाप्रति क्लबका सदस्यहरूको  सक्रियताप्रति खुशी व्यक्त गर्दै थप उत्साहका साथ काम गर्न अनुरोध गरेका थिए  ।

खुल्ला समयमा लायन्स क्लबका भावी योजना र लायनहरुले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारीका बारेमा लायन्समा आवद्ध विभिन्न क्लबका अध्यक्ष तथा अन्य पदाधिकारीबीच छलफल  समेत भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले  डिस्ट्रिक गभर्नरको थिम  मेक एन इम्प्याक्ट विषयलाई फोकस गरी सम्पूर्ण लायन्सहरु संगै मिलि लायन्सले गर्दै आएको समाज सेवामा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा रिजन चियरपर्सन लायन मन्दिप महर्जनले अब्जरभेसन रिमार्क्स दिएका थिए । कार्यक्रममा अन्य लायन्स लिडरहरुले शुभकामना मन्तब्य राखेका  थिए ।

कार्यक्रममा कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका प्रेसिडेन्ट राजकुमार लामिछानेले धन्यवाद ज्ञापन गरेका  थिए । डिस्ट्रिक गभर्नर्स  फर्स्ट एडभाइजरी कमिटि मिटिंग पश्चात  डिस्ट्रिक गभर्नर टिमलाइ स्वागत एबम सम्मान गरिएको थियो । दुवै कार्यक्रमको होस्ट क्लबको रुपमा लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।