टोखाको भुतखेल मैदानलाई खुल्ला राख्न नेमकिपाको माग,सांस्कृतिक पहिचान जोगाउनु पर्ने

टोखाको भुतखेल मैदानलाई खुल्ला राख्न नेमकिपाको माग,सांस्कृतिक पहिचान जोगाउनु पर्ने

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

ऐतिहासिक टोखा प्राचीनकाल देखि कला संस्कृतिमा सम्पन्न पुरानो वस्ती ऐतिहासिक टोखाको पहिचान एवं  धार्मिक सांस्कृतिक ,सामाजिक , वातावरणीय र पर्यावरणीय महत्व बोकेको प्राकृतिक रमणीय र सुन्दर ठाउँ हाल टोखा नगरपालिका वडा नम्बर ३ मा टाेखा वस्तीसँगै रहेको भुटखेल चौर ऐतिहासिक कालदेखि टाेखा र टाेखाबासीहरुको मुटु र शानको रुपमा रहेको भुतखेल  चौरलाई खुल्ला क्षेत्र नै कायम गर्ने बारेमा नेपाल मजदुर किसान पार्टीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक बिज्ञप्ति निकाल्दै ध्यानाकर्षण गरेको जनाएको छ।

गत असार २४ गते टाेखा नगरपालिकाले भुतखेल परिसरमा रु. ४७,८६,४४,७७६.९३|- सत चालीस करोड छ्यासी लाख चौवालिस हजार सात सय छयतर दशमलव नौ तीन रुपैयाँ लागतमा रंगशाला निर्माणका लागि गुरुयोजना र डिपिआर विस्तृत परियोजना प्रतिवेदन तर्जुमाको विषयमा भएको छलफल र बैठकबारे नेपाल मजदुर किसान पार्टीको ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ।

बिज्ञप्तिको अंश :

यस क्षेत्रका जनता दैनिकरुपमा खुला वातावरणमा स्वच्छ हावासँगै आफ्नो शारीरिक अभ्यासका लागि यहाँ आउने गर्छन् ।यो खुल्ला क्षेत्रमा स्थानीय युवाहरु विद्यार्थीहरु निश्चिन्त भएर खेलकुद अभ्यास गर्छन् यो खुल्ला हरियाली सल्ला घारीमा दैनिक सयौं मानिसको चहलपहल हुने गर्दछ। धार्मिक दृष्टिकोणले यो क्षेत्रको आस्थाको देवी मसान कालीमा माईको मन्दिर चौरको पश्चिम मोहदाको बीचमा पर्दछ। सैयौं वर्ष अगाडिदेखि मनाउँदै आएको टाेखाको बिस्का जात्रा वैशाख १ देखि ४ गतेसम्म हर्षोल्लासका साथ लाग्ने गर्छन्। त्यसबेला मसान कालि मन्दिरमा बैशाख २ गते विश्व शान्तिका लागि गर्ने महायज्ञ र ३ गते हुने गहना खोज्ने जात्राले यो ठाउँको विशेष धार्मिक महत्व राख्दछ ।

अधिकांश टाेखा बासीहरु कुल देवता रहेको यस ठाउँमा प्रत्येक वर्षको अक्षय तृतीया देखि कुमार षष्ठी (सिथी:नख:)तिथि सम्म कुल देवताको पूजा आजा गरी देवाली मनाउने परम्परा रहिआएको छ। त्यसैगरी अन्य महत्वपूर्ण चाड पर्वहरु जस्तै होलि पुर्णी, च्वसा पूजा लगायत यो पर्व यो भुटखेल परिसरमा मनाउने गरिन्छ।
मसानकाली मन्दिरसँगै रहेको चिहान पनि टाेखाबासीहरुको मृत्यु संस्कारसँग जोडिएको महत्वपूर्ण ठाउँ उपयोगिता बाहेक पनि अर्को महत्वपूर्ण विशेष प्राकृतिक विपत्ति भुकम्प जस्ता विनाशकारी महाभूकम्प आउँदाको समयमा सहज तरिकाले सुरक्षित रहनको लागि यो भुटखेल चौर अत्यन्त महत्वपूर्ण रहेको थियो र रहनेछ । यसरी भुटखेल चौर सांस्कृतिक, धार्मिक , सामाजिक पक्षका आधारमा टाेखा र आम टोखा वासिसंग पहिले देखि नै अन्योन्याश्रित सम्बन्ध रहँदै आएको कुरा नकार्न सकिँदैन ।

यस क्षेत्रको पर्यावरणीय सौन्दर्यले भरिपूर्ण यस भुटखेल चौर चौर प्राकृतिक सम्पदा नै भएकोले यसको संरक्षण गर्नु टाेखा नगरपालिकाको पनि कर्तब्य हो। यसलाई आवश्यकताअनुसार प्राकृतिक स्वरुप नबिग्रिने गरी मर्मत सम्भार गरी संरक्षण गर्नु सबैको दायित्व हो ।यहाँ कुनै पनि संरचना निर्माणका लागि यहाँ पर्याप्त ठाउँ पनि छैन।

भुकम्प लगायत विपदका बेला मानिस सुरक्षितका साथ बस्न पनि यो क्षेत्र खुल्ला राख्नु अवश्यक छ। यो ऐतिहासक टाेखा सांस्कृतिक संरक्षित क्षेत्र  घोषणा भैसकेको अवस्थामा प्राचीन सांस्कृतिक सम्पदा र प्राकृतिक स्रोत साधनहरुलाई संरक्षण गर्नुभन्दा पनि उल्टो संगठनलाई विनाश गर्ने योजना एवं कार्यको नेपाल मजदुर किसान पार्टी टाेखा नगरसमितीको घोर आपत्ति छ रहेको जानकारी गराउन चाहन्छौं ।सम्पदा विरोधी केही स्वार्थी तत्वहरुले भुटखेल चौरलाई मास्ने र संरचना निर्माणको नाउमा कुम्ल्याउने नियत राख्दै छन्। यसको पनि हामी घाेर भतर्सना गर्दछौं बिज्ञप्तिमा भनिएको छ।

यो सन्दर्भमा सुविधासम्पन्न बहुउपयोगी खेलकुद मैदान निर्माणका लागि अन्यत्र सार्वजनिक जग्गा पहिचान र छनौट गरी निर्माण गर्न सकिन्छ । तर पुरै बस्ती ऐतिहासिक सांस्कृतिक सामाजिक वातावरणीय प्रभाव पर्ने गरी कुनै पनि भौतिक संरचना निर्माण गर्नु हुँदैन भन्ने पक्षमा नेपाल मजदुर किसान पार्टी रहेको छ।

यसर्थ यो ऐतिहासिक र सांस्कृतिक प्राचीन बस्ती टाेखाको मात्र नभइकन पुरै टाेखा नगरपालिकाको गौरवको रूपमा अभुतपूर्व सौन्दर्यको प्रतिमूर्तिका रुपमा रहेको भुतखेल  चौरको संरचना पुरै नामेत हुनेगरी खेलकुद मैदान लगायत कुनै पनि किसिमको भौतिक संरचना निर्माण कार्य रोकी भुटखेल चौरलाई नक्सा अनुसार नापजाँच सहित सिमाङ्कन गरि यथास्थिति मै सांस्कृतिक , सामाजिक, पर्यावरण र वातावरणमैत्री सदावहार हरियाली ठाँउको रूपमा संरक्षण गर्न
यसै पत्रमार्फत जोडदार माग गर्दछौं ।हाम्रो आग्रहलाई वेवास्ता गरिएमा संघर्षका नयाँ कार्यक्रमहरु लिएर अगाडि बढ्ने ब्यहोरा पनि यसै पत्रबाट जानकारी गराउन चाहन्छौं, बिज्ञप्तिमा उल्लेख छ।

यो ऐतिहासिक परम्परा हुँदाहुँदै पनि भुटखेल चौरलाई नष्ट गर्न पटकपटक अतिक्रमण गर्ने दुस्प्रयासको ज्वलन्त उदाहरणको रूपमा २०५३ सालतिर केहि बिचौलियाहरूको मिलोमतोमा च्यारिटी ईन्टरनेसनल प्रा.लि कम्पनीले निजी अस्पताल निर्माणको लागि भन्दै भुतखेल  चौर हडप्न खोजेको थियो। त्यसबेला निर्माण सुरु भैसकेको अस्पतालको संरचना समेत एकाएक रोकेको थियोे ।त्यतिबेला नेपाल मजदुर किसान पार्टीको विशेष पहलमा र सम्पूर्ण टोखा वासिको जनसमुदायको संघर्षबाट भुटखेल चौरलाई बचाएको इतिहासमा अझैसम्म ताजै छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।