ऐतिहासिकता : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
इतिहास जीवनको बिम्ब हो
इतिहास युगको धरोहर हो
यतिमात्र नभएर
यो नयाँ युग थालनीको मार्गदर्शन हो
अनि प्रगतिको सूचक पनि हो ।
भानुभक्त नेपाल र नेपाली भाषाका केन्द्र बिन्दु हुन
जसले भाषा र साहित्यको जग बसाले
भाषाको लागि र शिक्षाको लागि
उनको योगदान अविष्मरणीय छ ।
नेपाली राष्ट्र भाषाका जग इतिहासका श्रोत
जसको अबर्णनीय
गुण र गरिमा नेपाली हृदयाकाशमा
किरण भै प्रवाहित छ
जुन कहिले नमासिने गौरबपूर्ण कार्य
धु्रर्ब ताराको रुपमा
सदा अटलर
अमर छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।