सत्ताधारी भतेरमा, प्रतिपक्ष कता ?
खगेन्द्र संग्रौला
सिंहासनमा स्वार्थलम्पट राजा छैन । त्यो इतिहासको चिहानघारीतिर लखेटियो । राम्रै भयो । तर दुर्भाग्यवश, राजाको प्रेत सत्तावरिपरि घुमिरहेकै छ । त्यसैले त जो सत्तामा जान्छ, ऊ आफूलाई राजा ठान्छ । अहिले सत्तामा कांग्रेसको एमाले सरकार छ । असलमा यो कामाले सरकार हो । यो सरकार दुइओटा नशाले लठ्ठ छ । एउटा हो, सत्ताको भतेरको नशा, र अर्को बहुमतीय उन्मादको नशा । सत्ताको भतेरको नशा कडा हुन्छ । जब यो नशा लाग्छ, नशावालेले जगत्लाई बिर्सन्छ । बहुमतीय उन्मादको नशा झनै कडा हुन्छ ।
जब यो नशाले गा“जेर ल्याउ“छ, नशामार्गी अन्तरे अहंकारको चुलीमा उक्लिन्छ । यी दुई नशाले उन्मत्त भएको कामाले सरकारलाई जनसाधारणको सुख–दुःखको बाल मतलब छैन । यसलाई मतलब छ केवल आप्mनै स्वार्थको, आफ्नै धन सञ्चयको र आफ्नै खानदानी विलासको । राजा त्रिभुवनबारे एउटा कथा छ । एक दिन एउटा फुकिढल गरिबले भनेछ— सरकार म भोकभोकै मर्ने भए“ । ‘प्रजावत्सल’ सरकार चकित भएछ । र सोधेछ— ए, तैले पेटभरि दूध–भात खान पा’छैनस् ? राजदरबार नामक सुदूर टापूबासी राजा आप्mना प्रजाको दयनीय जीवनप्रति कति बेखबर हुन्छ, त्यसको यो सटिक दृष्टान्त हो । अहिलेका सिंहासनविहीन राजाहरु हामीलाई यो दृष्टान्तको झझल्को दिइरहेका छन् । पकाइखाने ग्यास नपाएर जनसाधारणमाझ हाहाकार छ । तर राजारुपी शासकहरुलाई एकरत्ती मतलब छैन । तिनलाई सुखसुविधा र सुरक्षाको कुनै कमी छैन । त्यसैले सत्ताको सुस्वादु भान्सा डकार्दै राजा त्रिभुवनझै ती सोच्दा हुन्— मलाई मजा छ । मलाई अमनचैन छ । मलाई बैकुण्ठको सुख छ । तसर्थ मेरा जनतालाई पनि मजै होला, अमनचैन होला, बैकुण्ठको सुखै होला ।
यो त भयो खाइदेउ सरकारको कुमतिका कुरो । यस घडीमा प्रतिपक्ष चाइने कहा“ के हेरी बसेको छ ? सत्ताधारीको कुशासनको पोल खोल्ने काम प्रतिपक्षको हो । सत्ताधारीको मूढमतिलाई नाङ्गेझार पार्ने कर्तव्य प्रतिपक्षको हो । सुख–दुःखमा जनतालाई साथ दिएर तिनका चित्तमा बास माग्नु त प्रतिपक्षको राजनीतिक धर्मै हो । किन्न गयो, ग्यास छैन । क्युमा बस्यो, पालो आउ“दैन । ब्ल्याकमा किन्न खोज्यो, ठगको भाउ सुन्दा रिङ्गटा लागेर आउ“छ । अचम्म छ, जनताको यो दुःखको घडीमा प्रतिपक्ष कतै छैन । के प्रतिपक्ष इहलोकबाट अलप भएको हो ? के प्रतिपक्ष आफ्नो कर्तव्यबाट च्यूत भएको हो ? के सत्तापक्षभैm“ प्रतिपक्ष पनि वैभव र विलासमै लिप्त भएको हो ? के प्रतिपक्षका चित्तमा पनि राजा त्रिभुवनको प्रेत सवार भएको हो ?
प्रतिपक्ष सत्तापक्षको बहुमतको कोर्राले कुटिएर सडकको शरण परेको छ । सडकको शक्तिको मुहान बस्ती हो । बस्तीमा दुःख छ, अभाव छ, अपहेलना छ, अत्याचार छ । तर बस्तीबासीहरुको दुःख हर्न प्रतिपक्ष सिन्कोधरी भाच्दैन । सत्ताधारीलाई थर्काउन ऊ केवल बन्दको आह्वान गर्छ । बन्द संघर्षको एउटा रुप अवश्य हो । मुर्दा शान्तिका नाममा बन्दलाई निरपेक्षरुपले निषेध गर्न किमार्थ मिल्दैन । आन्दोलन छालमाथि छाल भएर उठ्दै र पैmलि“दै जा“दा बन्द यस्सै हुन्छ । बन्दको घोषणा गर्नै पर्दैन । छयालीस सालमा यसरी नै नेपाल बन्द भयो । बैसठ्ठी–त्रिसठ्ठी सालमा यसरी नै नेपाल बन्द भयो । यो स्वतःस्र्तफुर्त बन्द हो । यो इन्द्रेका बाउ चन्द्रेले पनि रोक्न नसक्ने बन्द हो । यस्तो बन्द ठीक छ । तर सिठ्ठी र पौजाको बलले, लठ्ठी र आगोको तुजुकले, ध्वा“स र हुङ्कारको सहाराले गरिने बन्द कृत्रिम बन्द हो । यस्तो बन्द बन्दकर्ताको लोकप्रियताको नापो कदापि होइन । यस्तो बन्द त उल्टै बन्दबर्ताको अलोकप्रियताको मुहान पो हो ।
जबर्जस्ती बन्द गर्ने अशक्तले हो । बाहुबली अन्तरेले हो । जो जनआकांक्षाको सक्कली प्रतिनिधि हो, उसले त संघर्षका जनताका मन जित्ने रुपहरु पो रोज्छ । ग्यास नपाएर बस्तीभरि कोलाहल छ, निसास छ, रुवाबासी छ । सत्ताधारी भतेरवालहरुतिर धारे हात लगाउनेहरुको यत्रतत्र लम्बेतान लस्कर छ । यो दुःखमा अभावग्रस्त जनतालाई साथ दिन र तिनलाई अभावमुक्त गर्न प्रतिपक्ष किन हात बढाउ“दैन ? कृत्रिम अभावको सिर्जना गरी जनतालाई चुस्ने र तिनको हुर्मत लिने पीडकहरुलाई यथोचित मरम्मत गर्न किन अघि सर्दैन ? आन्दोलनका मुद्दा त यस्ता पो हुन् । जनतालाई आप्mनो एजेन्डाको छातामुनि एकत्र गर्ने अस्सली अवसर त यस्तो पो हो । जनतालाई सिद्धान्तको राग–रटनाको अर्थ हु“दैन । आदशर्का उपदेशले जनताको पेट भर्दैन । अघाएको अन्तरे ड्याउड्याउ डकार्दै डा“डापारि खाऊ“ भन्ला । भोकालाई त डा“डावारि नै खानु पर्छ । खान नपाए एकबारको जुनी चिलिमच्वा“ट हुन्छ । तर म जनवादी हु“ भन्ने प्रतिपक्षलाई जनताको दैनिक गर्जो टार्ने र जेनतेन प्राण धान्ने कुरास“ग मानौ“ कुनै पर्वाह छैन ।
अलि दिनअघि ललितपुरमा विप्लव समूहले एउटा झक्की कारबाइ ग¥यो । कारबाही छापामार शैलीको हु“दो हो । कारबाहीमा चटके पाराले जनमारा ग्यास व्यापारीका ग्यास सिलिन्डरहरु जफत गरिए र खा“चो परेका जनतालाई निःशुल्क बा“डिए । अहिले चुलो नतातेर प्राण खुस्किने डरले अताल्लिएका दुःखी जनता विप्लवी चमत्कारको बाटो हेरी बसेका छन् । ती सुस्केराको भाकामा भनिरहेका छन्— विप्लव आऊ, ज्यान बचाऊ । के यो हाहाकारको घडीमा जनतालाई राहत दिन विप्लवगण नै आउनुपर्ने हो ? हो भने के यो प्रतिपक्षचाहि“ राजनीतिको मैदान छाडेर खरानी घसेर काशी जाने हो ?