गजल : सुशिला पौडेल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
सुखमा मात्र काम लाग्ने स्वार्थी साथ मेरो
झरेको आँसु नपुछ्ने विवश हात मेरो
तिमी हास्दा त म संगै नै हुन्छु सधैंभरि
विपद पर्दा तर्की हिन्ने लाक्षी जात मेरो
एकै छिनको साथ माग्दै कति तड्पिन्छौ
त्यो विन्तीलाई नबुझिदिने कठोर बात मेरो
बाँड्न खोजी सुखदुःख नजिक हुन खोज्छौ
नबुझे झैं गर्दै पर सर्ने त्यो आघात मेरो
मूर्ति बनेर चुपचाप बसिदिन्छु हेर
सजाउनु छैन तिमीसँग सुभ–प्रभात मेरो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।