गोकर्णेश्वरको माकलबारीमा आकस्मिक बृहत रक्तदान सम्पन्न

गोकर्णेश्वरको  माकलबारीमा  आकस्मिक बृहत रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ २३  ।विश्व बातावरण दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी सानोपुलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

 शनिबार प्रगती महिला समुह सहित १७ वटा बिभिन्न संघ संस्थाको संयुक्त आयोजना तथा हिमाल अस्पताल रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा  भएको उक्त रक्तदान कार्यक्रम बिहान ९ बजे देखि १ बजे सम्म चलेको थियो ।

कोरोना महामारी नियन्त्रणका  लागिसरकारले  जारि निषेधाज्ञा तथा मनसुन सुरु हुन लाग्दा  आउन  सक्ने बिभिन्न महामारीको कारण बिरामीहरुलाई रगत अभाब नहोस भन्ने उदेश्य सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमममा  ४५ जनाले रक्तदान गरेको आयोजकले  जानकारी गराएको छ।

छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा  ४५ जनाले मात्र रक्तदान गरेको  आयोजकले जानकारी गराए। कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले  धन्यबाद दिएको छ ।

कार्यक्रममा   रक्तदाताहरुलाई गोकर्णेश्वर नगरपालिकाक प्रमुख सन्तोष चालिसे , उप प्रमुख शान्ती नेपाल, नगर प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल समाज सेवी पेमा छिरी शेर्पा, बिनितराज अर्याल, लगायतले धन्यवादसहित  प्रमाणपत्र प्रदान गरेका   थिए ।

तपाइँको प्रतिक्रिया ।