पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप १८ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं जेठ २३ । पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ। गत २४ घण्टामा नगरपालिकामा ९२जनाको कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो, यो संगै नगरपालिकाका २२८जना पुरुष र २१५ जना महिला गरि कुल ४४३जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ४१७ जना होम आइसोलेसनमा रहेको र अस्पतालको आइसोलेसनमा २६जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा कुल ३ हजार८ सय ६० जना संक्रमित भएको र सो मध्ये ३ हजार ३ सय ८० जनाले कोरोना जितेको जानकारी गराएको छ।
संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।
कीर्तिपुर नगरपालिका वडा नं १ मा २८ जना
वडा नं २ मा ४३ जना
वडा नं ३ मा ४१ जना
वडा नं ४ मा ४६ जना
वडा नं ५ मा ७४ जना
वडा नं ६मा ५४ जना
वडा नं ७ मा ३१ जना
वडा नं ८ मा ३४ जना
वडा नं ९ मा ४० जना
र वडा नं १० मा ५२ जना गरि कुल संक्रमित ४४३ जना रहेको जनाएको छ। कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरिएको छ ।