लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा गोकर्ण नयाँपाटीमा आयोजित आकस्मिक रक्तदान सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा गोकर्ण नयाँपाटीमा आयोजित आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ २०। गोकर्णेश्वर  नगरपालिका वडा नं १ मा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वार आयोजित  आकस्मिक रक्तदान सम्पन्न भएको छ।  कोरोनाको कहरको विषम परिस्थितिमा बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई रगत अभाबमा समस्या नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

जेठ १९ गते बुधबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संयोजनमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित वी पी चोक सुन्दरीजलमा कान्तिपुर अस्पताल रक्त संचार सेवाको प्राबिधिक सहयोगमा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट  बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए ।उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ३७ जनाले मात्र रक्तदान गरेको जानकारी गराए।

कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन ।कार्यक्रममा लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ ए१ का जी एम टि डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ ,ब्लड़ बैंक चिफ लायन बिनोद कुमार श्रेष्ठ , लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१का हेल्थ क्याम्प सर्भिस चिफ लायन द्वारिका श्रेष्ठ,  लायन श्रीचन केसी, लायन उदयराज भण्डारी, एरिया  कोर्डिनेटर लायन अच्युत बिष्ट, लायन उमेश ढुंगाना , डिस्ट्रिक चियर पर्सन लायन ठण्डराज ठकुरी , समाजसेवी लायन  रोज बिष्ट रोजिना ,समाजसेवी रोज कुमार लामा लगायत आयोजक संस्थाका पदाधिकारी र रक्तदाता हरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।