पासो लगाएको टिकटक बनाउँदा उदयपुरमा एक बालिकाको मृत्यु

पासो लगाएको टिकटक बनाउँदा उदयपुरमा एक बालिकाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का जीतबहादुर बस्नेतकी ११ वर्षीया छोरी सञ्जिता बस्नेतले पासो लगाएको टिकटक बनाउने क्रममा मृत्यु भएको छ ।

उनले मुढामाथि अर्को मुढा राखेर आफ्नै घाँटीमा सलको पासो लगाएको टिकटक बनाउँदा गोडा चिप्लिएर घाँटीमा पासो कस्सिएपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

नले मोबाइल तल राखेको र घाँटीमा सलको पासो लगाएपछि बाई बाई गरेको भिडियो फुटेज रेकर्ड भएको मोबाइलमा देखिन्छ । भिडियो फुटेज थप अनुसन्धानको क्रममा रहेको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन  ।

हिजो साँझपख आमाबुबा भान्साकोठामा खाना खाइरहेको समयमा अर्को कोठामा गएर छोरीले टिकटक बनाउन शुरु गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।