Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/192336144_283904136802097_7756277365797810324_n-760x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/MG_8090-scaled-e1621486516433-1024x990.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका १३ सय २३ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौँ, जेठ १४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १३ गते सम्ममा १०४२ जना पुरुष र ९०८   जना महिला गरि कुल १९५०  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये  ७३१ जना पुरुष र  ५९२   जना महिला गरि कुल १३२३ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  २१ जना पुरुष र १४ जना महिला गरि कुल ३५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २९० जना पुरुष र ३०२ जना महिला गरि कुल ५९२ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म १४जना पुरुष र१४ जना महिला गरि कुल २८जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २७४ जना पुरुष र २८७ जना महिला गरि कुल ५६१ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा  ३८२  जना पुरुष र ४६२  जना महिला गरि कुल ८४४ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ६७ जना पुरुष र ९२ जना महिला गरि १५९ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २१७१ जना पुरुष र १९६६ जना महिला गरि कुल ४१३७ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ  ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।