कागेश्वरीको मुलपानी नगर अस्पताललाइ लायन्स क्लबको अक्सिजन सिलिन्डर सहयोग
कपन अनलाइन
काठमाडौं, जेठ १४। कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पताललाइ लायन्स क्लबले अक्सिजन सिलिन्डर र व्हीलचियर सहयोग गरेको छ । बिहिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ का स्थानीय लायन मुरारी तिमिल्सिनाको समन्वयमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि १ अन्तरगत रहेको लायन्स क्लब अफ काठमाडौँ रन्जनाले मुलपानी नगर अस्पतालको लागि ३ वटा अक्सिजन सिलिन्डर र २ वटा व्हीलचियर एक कार्यक्रमका बीच नगर प्रमुख कृष्णहरी थापालाइ हस्तान्तरण गरिएको थियो ।
नगरपालिकाले मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गर्दै आएको छ । नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभावमा मुलपानी नगर अस्पतालमा उपचाररत कोरोना संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन सहयोग गरेको लायन्स क्लबले जनाएको छ ।कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले विषम परिस्थितिमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए कोरोना भाइरस को महामारीको बेलामा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व हुने भन्दै प्राप्त अक्सिजन सिलिन्डर र व्हील चियरले कोरोना संक्रमितको उपचार गर्न सहज बिश्वास ब्यक्त गरेका थिए ।