गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
तिम्रो मुहार कयौं बर्ष हेर्नुछ आमा अहिले नि छोरी आइन नभन
यो बर्ष त जसरी नि आउँछु भन्थी उसले खै किन भ्याइन नभन
बर्षैभरी मन मुटुमा बसेकी छौ आमा तर आज बिशेष दिन तिम्रो
नजिककी छोरी आउछे भन्दै मिठो पकाउने थिए पकाइन नभन
म पनि कौशीमा बसी टोलाउदैछु आमा कस्तो महामारी भित्रियो
पुराना बाकसमा नयाँ सारी होलान् आमा झिकेर पनि लाइन नभन
चार छोराछोरी चार तिर जहाँ छन् सुरक्षित छन् यसैमा गर्व गर
चाडवाड आउदा कोही छैनन् सन्तान भन्दै मिठो खाइन नभन
महामारी सकिएपछि आवतजावत गरौला आमाबाबा खुशी रहनु
हजुरहरुको मनोबल नघटोस् कहिल्यै सोचेको कुरा पाइन नभन
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।