रातो मछिन्द्रनाथलाइ रथारोहण गराइयो (तस्बिरमा समाचार)

रातो मछिन्द्रनाथलाइ रथारोहण  गराइयो  (तस्बिरमा समाचार)

कपन अनलाइन 

काठमाडौं,बैशाख ३०। मुलुकमा जारी निषेधाज्ञा बिच रातो मछिन्द्रनाथलाई रथारोहण गराइएको छ ।हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार (बुधबार) दिउँसो रथारोहण गरिएको हो । सीमित व्यक्तिको उपस्थितिमा पाटनको तः बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। अब तीन  दिनपछि रथयात्रा सुरु हुनेछ।

देशभर कोरोना संक्रमण फैलिरहेको र उपत्यकामा संक्रमण दर उच्च बिन्दुमा पुगेको बेला रथारोहण  भएको  हो। सरोकारवालाहरुले सुरक्षा मापदण्ड र स्वास्थ्य सतर्कता अपनाउँदै रथ तान्ने जनाएका छन्। यद्यपि, संक्रमणको जोखिम उच्च रहेको बेला रथयात्रामाथि प्रश्न खडा भएको छ।  रथयात्राको क्रममा ललितपुर प्रवेश गर्ने नाका बन्द गरिनेछ। रथयात्रामा सहभागी हुनेहरुलाई मास्क, पञ्जा, स्यानिटाइजर अनिवार्य गरिनेछ। रथारोहणको क्रममा कपन अनलाइनका लागि  पत्रकार सरोज बस्नेतले क्यामरामा कैद गरेको तस्बिरहरु  :

तपाइँको प्रतिक्रिया ।