बालुवाटारमा नेकपा एमालेले स्थायी कमिटीको बैठक
कपन अनलाइन
काठमाडौं, बैशाख ३० ।
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज बेलुका ९ बजे सकिदैछ। तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन। अबको रणनीति तय गर्न बैठक बस्न लागेको हो।
स्थायी कमिटी बैठकपछि आजै ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकपछि आजै ओलीले नेपालसँग वार्ता गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।