कागेश्वरी मनोहरा नगरपालिका द्धारा संचालित मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितको चाप बढ्यो

कागेश्वरी मनोहरा नगरपालिका द्धारा संचालित मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितको चाप बढ्यो

कपन अनलाइन

काठमाडौं बैशाख २१  ।कागेश्वरी मनोहरा नगरपालिकाद्धारा  संचालित मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितको चाप बढेको छ । मुलपानी नगर अस्पतालमा २५ जनालाई अक्सिजनको सहायतामा राखेर उपचार गराउन सकिने क्षमता छ भने ५० जनालाई आईसोलेसनमा राखेर उचार गराउन सकिने क्षमता छ ।कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ६ बाबाचोकमा रहेको नगर अस्पतालमा अहिले १४ जना कोरोना संक्रमित भर्ना भएका छन् । जसमध्ये ९ जना पुरुष छन् भने ५ जना महिला रहेका छन् । उनीहरुलाई अक्सिजनको सहायतामा उपाचार भईरहेको छ ।

नगर अस्पतालमा कोरोना संक्रमितको संख्या बढेसँगै नगर प्रमुख कृष्णहरि थापाले  नगरवासीलाई सतर्क रहन आग्रह गरेका छन  । नगर प्रमुख  थापाले घरमै बसेर कोरोना महामारीसँग लड्न सहयोग गरिदिन नगरवासीलाई आग्रह गरेका छन । त्यसै गरि उनले नगरपालिकाका कोहि कसैलाई  कोभिड भएमा वा संका लागेमा मुलपानी नगर अस्पतालको ०१-४१५३५९३ सम्पर्क राखी सेबा लिन अनुरोध गर्दै एम्बुलेन्स आवश्यक परे निम्न व्यक्तिलाई सम्पर्क गरि सेवा लिन सकिने जानकारी गराए  ।९८४१-६५५६२१ चिरन कटुवाल, ९८६०- ४३७७७७ बिनोद परियार, ९८६१-६६९३०६ कृष्ण बिसुन्खे कोभिड डेडिकेटेड ९८४९-४००७८८ राजेन्द्र खडकालाइ सम्पर्क गर्न सकिने जानकारी गराएका छन।

उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेका  छन  ।कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना रोकथामका लागि  बिभिन्न कार्यक्रम गर्दै आए पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेको हुँदा   सजगता अपनाउन सबैमा अनुरोध गरेका  हुन् ।

तपाइँको प्रतिक्रिया ।