कोभिड राेकथामका लागि राष्ट्रिय युवा संघ नेपालले बौद्ध पिपलबोटमा  हेल्प डेस्क संचालन

कोभिड राेकथामका लागि राष्ट्रिय युवा संघ नेपालले बौद्ध पिपलबोटमा  हेल्प डेस्क संचालन

कपन अनलाइन

काठमाडौं बैशाख २१। एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभियान थालेको छ । कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि युवा संघले  हेल्प डेस्क संचालनमा ल्याएको छ ।नयाँ भेरीयन्ट कोरोना कोभिड १९ भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि आज बाट काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध पिपलबोटमा हेल्पडेस्क संचालनमा ल्याएको हो।

उक्त हेल्प डेस्क बाट नि:शुल्क मास्क र पानी वितरण गर्नुको साथै  बटुवालाई स्यानिटाईज गर्ने काम सुरु भएको छ  भने कोरोना भाइरसको बारेमा जनचेतना समेत जगाउने भएको छ।कोभिड महामारीमा केही भएपनि सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ सो अभियान चलाइएको राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य सुदर्शन बजगाईले बताए  । महमारी नियन्त्रणका लागि सरकारको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैले साथ दिनुपर्ने संघको सुझाव छ।

 

तपाइँको प्रतिक्रिया ।