आज देखि निषेधाज्ञामा थप कडाइ, बेलुका पसल खोल्न नपाइने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २०।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज देखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।
सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।
तपाइँको प्रतिक्रिया ।