लापरवाहीका कारण बुढानिलकण्ठ नगरवासी जोखिममा ,कुन वडामा कति संक्रमित ?

लापरवाहीका कारण बुढानिलकण्ठ नगरवासी जोखिममा ,कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २०।

बुढानिलकण्ठ नगरपालिकामा हाल सम्म  २३० जना संक्रमित भएका छन् । नगरपालिकामा हरेक दिन संक्रमितहरुको शंख्या द्रुत गतिमा बढेको अवस्थामा पनि नगरवासीमा भने सचेतना आएको देखिदैन।

कोरोना प्रकोपलाई निकै हल्का रुपमा लिदा ठुलो जोखिमको सन्निकट रहेका बुढानिलकण्ठ नगरवासीहरु लापरवाही  गर्दै सडकमा निस्किदा  यसले ठुलो जोखिमको संकेत दिएको छ।

कपन अनलाइन टिमले निषेधाज्ञाको अवस्थाका वारेमा गरेको स्थलगत अध्ययनमा नगरका अधिकांशहरु  भित्रि भागमा स्थानीयहरुको आवागमन र व्यवसाय निर्वाद रुपमा चलेको देखिन्थ्यो।

मुख्य सडक र चोकमा प्रहरीको उपस्थिति देखिएपनि भित्रि भागमा भने कुनै उपस्थिति नदेख्दा प्रहरीमा रहेको जनशक्तिको कमीले तुरुन्त विशेष स्वयंसेवकहरु परिचालन गर्नुपर्ने देखिन्थ्यो।

यस अवस्थामा सबै भन्दा धेरै निषेधाज्ञा उल्लंघन पसल व्यवसाय खुलेको समयमा देखिएको छ जसमा प्राय पसलहरुले सामाजिक दुरी कायम गर्नुत परे जावोस सामान्य सुरक्षा विधि पनि अपनाएका थिएनन।

आगामी दिनमा स्थितिलाई थप भयावह बन्न नदिनका लागि तुरुन्त सचेतना , कारवाही र सहयोगको लागि पहल नगरेको खण्डमा बुढानिलकण्ठ नगरपालिका ठुलो जोखिममा पर्ने देखिन्छ ।

हालसम्म वडागत रुपमा संक्रमितको अवस्था :   

वडा नं १ :  १ महिला र १ पुरुष

वडा नं २:  ८ महिला र ९ पुरुष

वडा नं ३: ६ महिला र १४ पुरुष

वडा नं ४:  ७ महिला र ४ पुरुष

वडा नं ५ : ३ महिला र ७ पुरुष

वडा नं ६:  ४ महिला र ७ पुरुष

वडा नं ७ : ५ महिला र ४ पुरुष

वडा नं ८:  १२ महिला र १९ पुरुष

वडा नं ९:  ११ महिला र १५  पुरुष

वडा नं १०:  २७ महिला र २५ पुरुष

वडा नं ११:  ६ महिला र ७ पुरुष

वडा नं १२:  १४ महिला र १४ पुरुष

बुढानिलकण्ठ नगरपालिकामा २० बर्ष भन्दा मुनिका ५ जना  , ७३ वर्षिया वृद्ध महिला , ५ वर्ष मुनि ५ जना र बाँकी २०-४८ बर्ष नाघेका व्यक्तिहरु रहेका छन।

तपाइँको प्रतिक्रिया ।