दाँतको टुक्रा भेटियो म्याकडोनल्सको बर्गरमा

दाँतको टुक्रा भेटियो म्याकडोनल्सको बर्गरमा

146900

कपन अनलाइन\पुस २५, २०७१

जापानमा सञ्चालित एक म्याकडोनल्स ब्राण्डको हेमवर्गरमा दाँतको अवशेष भेटिएको पुष्टि भएको छ । म्याकडोनल्सको प्रोडक्ट किनेर लगेकी एक महिलाले हेमवर्गरमा सेता टुक्राहरू भेटेपछि यो तथ्य बाहिर आएको थियो ।

 

फ्रेन्च फ्राईमा समेत शंकारस्पद तत्व देखिएपछि म्याकडोनल्सको प्रोडक्टबारे चर्चा हुन थालेको थियो । शुक्रबार प्राप्त तथ्यमा भनिएअनुसार एक जापानी नागरिकले किनेको हेमबर्गरमा सेतो रङका तीन टुक्राहरू फेला परेका थिए । बालुवा वा ढुंगाको टुक्रा भनी आशंका गरिएको शंकास्पद टुक्राहरू दाँतको रहेको अनुसन्धानबाट खुलेको छ ।
अघिल्लो वर्ष जापानकै अर्को म्याकडोनल्स रेष्टुरेन्टबाट फ्रेन्च फ्राई र चिकेन फास्ट फुडमा पनि प्लाष्टिक र दन्त अवशेष भेटिएको बुधबारमात्र कम्पनीले थाहा पाएको थियो । कम्पनीले भने यसबारे अध्ययन भइरहेको हुँदा अनुसन्धानले देखाएपछिमात्र यो कुरा पुष्टि हुने बताउँदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।