कोरोनाको दोश्रो लहरमा लकडाउन ,हेलचेक्र्याई गरेर सवारी चलाउने एका बिहानै प्रहरीको फन्दामा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
कोरोनाको दोश्रो लहरका कारण लकडाउन भएको छ । बैशाख १६ गते बिहान बाट शुरु भएको लकडाउनको नियम उल्लङ्घन गर्दै सवारी चलाउनेहरु एका बिहानै प्रहरीको फन्दामा परेका थिए ।
बिहानै देखि चेक जांचलाई कडा बनाएको प्रहरीले आवस्यक परिचय पत्र र अनुमति बेगर सरकारको निर्देशन र जिप्रकाको आदेस पालना नगरी जथाभावी सवारी चलाउनेहरुलाई सचेत तुल्याउदै कारवाही गरिरहेको दृश्य बिहिवार बिहान काठमाण्डौका विभिन्न स्थानमा देखिएका छन।
कोरोना प्रकोपले निकै गम्भीर अशर पारिरहेको समयमा प्रहरीले अत्यावस्यक बाहेकका कुनै पनि काममा बाहिर ननिस्कन अनुरोध गर्दै विभिन्न सचेतना मुलक कामलाई पनि निरन्तरता दिएको छ।
तपाइँको प्रतिक्रिया ।