गोकर्णेश्वर नगरपालिकाको कोभिड -१९ बिरुद्द खोप बारे सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिकाको कोभिड -१९ बिरुद्द खोप बारे सार्वजनिक सुचना

कपन अनलाइन 

काठमाण्ड फागुन ३ ।गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको खोपको बारेमा सार्वजनिक सुचना जारी गरेको छ ।नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको उक्त सुचनामा नेपाल सरकार बाट प्राप्त कोभिड१९ बिरुद्द खोप पहिलो चरणको दोस्रो प्राथमिकतामा  नगरपालिकाका तपशिल बमोजिमका लक्षित समुहलाई मिति २०७७ साल फागुन २ गते देखि फागुन ८ गते सम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म नेपाल मेडिकल कलेज अत्तरखेलमा सम्पर्क राखी खोप सेवा लिन अनुरोध गरिएको छ ।

जसमा

१)गोकर्णेश्वर नगरपालिकाका सबै जन प्रतिनिधिहरु

२) गोकर्णेश्वर नगरपालिकामा कार्य गर्ने सबै कर्मचारीहरु (वडाका कर्मचारीहरु समेत)

३ नगरपालिकामा यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविकाहरु

४ नगरपालिका भित्रका बैंकका कर्मचारी सबै

५ नगरपालिका भित्र कार्यरत सुरक्षाकर्मी सबै ।

 

तपाइँको प्रतिक्रिया ।