कपन क्षेत्रको डुवान समस्या समाधानका लागि डा.राजन भट्टराईको पहलमा ४५ करोडको टेन्डर आव्हान

कपन क्षेत्रको डुवान समस्या समाधानका लागि डा.राजन भट्टराईको पहलमा ४५ करोडको टेन्डर आव्हान

कपन अनलाइन

काठमाडौं ,फागुन २।

लामो समय देखि बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ तथा काठमाडौं महानगरपालिका वडा नं ६ का बासिन्दाहरुले भोग्दै आएको डुवान समस्या समाधानका लागि ४५ करोडको योजनाका लागि टेन्डर आव्हान गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहाकार डा. राजन भट्टराईको पहलमा काठमाडौं उपत्यका विकास प्राधिकरणले नगरपालिकाका विभिन्न योजनाहरुको टेन्डर आव्हान गरिएको हो।

कपन क्षेत्रको डुवान समस्या समाधानका लागि विगतको वर्षमा ढल विस्तार गरिएता पनि त्यसले समस्या निराकरण नगरेपछि हाल आनिगुम्बा क्षेत्रमा निर्माण गरिएको मोडेलमा निर्माणका लागि टेन्डर आव्हान भएको जानकारी दिदै डा.भट्टराईले सो योजनाको संवेदनशीलता बुझेर बजेट व्यवस्थापन गर्ने अर्थ मन्त्रालय ,शहरी विकास मनत्रालय र प्राधिकरणलाई धन्यवाद दिएका छन।

आफ्नो वडा स्तरीय योजना निरीक्षणका क्रममा वडा नं ८ मा पनि डुवान समस्याका वारेमा स्थानीयहरुले गरेको अनुरोधलाई सम्बोधन गर्नका लागि गणेश स्कुल देखि धोवीखोला सम्म (सुन्दर बस्ति क्षेत्र समेत ),खहरे-धुम्रबराह चोक सडक ,बिपिएस चोक धोवीखोला सडक,ह्युम पाइप चोक-धोवीखोला बक्स कल्भर्ट र गणेश मार्ग-गणेश मावी सडक निर्माणका लागि टेन्डर आव्हान भएको जानकारी दिदै डा.भट्टराईले कपन क्षेत्रको डुवान समस्या समाधानका लागि बिज्ञहरुबाट अध्ययन र सुझावका लागि नगरपालिकाले देखाएको सक्रियताको प्रसंशा समेत गरेका छन।

हरेक वर्षातमा डुवानका कारण निकै ठुलो समस्या भोग्न बाध्य बनेका कपन क्षेत्रका स्थानीयहरुले पटक पटक सामुहिक रुपमा सो समस्या समाधानको माग गरे संगै बुढानिलकण्ठ नगरपालिकाले शहरी बाढी सम्बन्धि अध्ययन गरेका विसेषज्ञहरुको सहयोगका डीपीआर तयार गरेको थियो।

हाल सो क्षेत्रको माथिल्लो बिन्दु आनीगुम्बामा  बक्स कल्भर्ट निर्माण गरिएको छ भने टेन्डर पश्चात साततले क्षेत्र बाट ह्युम पाइपको सट्टामा बक्स कल्भर्ट निर्माण शुरुवात गर्न लागिएको हो।पहिलो चरणमा करिव १६ सय मिटरमा सो कल्भर्ट निर्माण हुनेछ भने बाँकी क्षेत्रमा पनि निरन्तरता दिइनेछ।

 

 

 

तपाइँको प्रतिक्रिया ।