गुनासाहरुको चाङ्गमा विराजमान बुढानिलकण्ठको प्राविधिक शाखा
कपन अनलाइन
काठमाडौं ,मंसिर ३०।
बुढानिलकण्ठ नगरपालिकाको विकास निर्माण,भावी योजना ,दिर्घकालिन र अल्पकालिन पूर्वाधार निर्माणको रेखा कोर्ने महत्वपूर्ण प्राविधिक शाखा अहिले गुनासाहरुको चाङ्गमा विराजमान भएको चर्चा नगरपालिकामा हुन् थालेको छ।
बुढानिलकण्ठ नगरपालिकाका जनताको सेवा ,काम र आन्तरिक तयारीलाई तीव्रता दिनु पर्ने सो शाखाका केहि कर्मचारीले प्रदेस सभा सदस्यहरु, राजनीतिक दलका केहि नेता,जनप्रतिनिधी, नगरपालिकाका सल्लाहकार र हाकिमलाई रिझाउने काममा बढी सक्रिय हुन् थाले पछी गुनासाको मात्रा झनै तीव्र बनेको एक कर्मचारीले बताए।
नगरपालिका भित्र निर्माण हुने घर नक्सा पास,योजनाहरुको लागत इस्टिमेट,टेण्डर आव्हान,डीपीआर निर्माण र जग्गा विकासको स्वीकृति जस्ता महत्वपूर्ण काम गर्ने जिम्मेवारी पाएको सो शाखाका कर्मचारीहरुको काम चलाउ तरिकाले नगरपालिकाको कार्य सम्पादनमा नै अशर पुगेको एक जनप्रतिनिधि बताउछन।
नगरपालिकाको यस शाखा बाट सबै भन्दा बढी पिडित बनेको गुनासो बोकेर आउनेमा उपभोक्ता समितिहरु रहेका छन भने त्यो संगै जोडिएर ठेकेदारहरु आउने गरेका छन।
प्राविधिक शाखा प्रति अनौपचारिक छलफलमा बिस बमन गर्ने ठेकेदारहरु भोलि काममा झमेला हुने डरले चु सम्म गर्न नसकेको बताउदै ति जनप्रतिनिधिले गुनासा,आरोप र आलोचनाले उक्त शाखाको कार्य प्रगतिको गतिमा प्रभाव पारेको धारणा राखेका छन।
प्राविधिक शाखालाई जनप्रतिनिधिहरुले पनि भनेको बेलामा आफ्नो काम गराउनु पर्छ भन्ने लोभले खासै नियमन र कडाइ गर्न नसकेको अवस्थामा सो शाखाका कर्मचारीहरुमा निकै फुर्ति बढेको चर्चा अहिले नगरपालिका भरि चल्ने गरेको छ।
त्यस्तै नगरपालिकाले नगर परिषद ,वडा,कार्यपालिका र उपभोक्ता समितिले सिफारिस गरेका योजनाहरुको प्राविधिक तयारी समयमा नहुँदा जनप्रतिनिधिहरुको ट्रयाक रेकर्ड नै बिग्रिने अवस्था आउँदा पनि जनताले बुझ्ने र देख्ने गरी कुनै कदम चलन नसक्नु निकै अर्थपूर्ण रहेको छ।
केहि समय पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अभिमुखीकरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको यसै शाखाका कर्मचारी विरुद्ध सबै भन्दा बढी उजुरी परेको तथ्यांकलाई आधार मान्ने हो भने यस शाखा सम्बन्धित धेरै कामहरुमा आर्थिक चलखेल नहोला भन्न नसकिने एक स्थानीय बुद्दिजीवीले बताए।