गजल : लक्ष्मी स्मृति

गजल : लक्ष्मी स्मृति

कपन अनलाइन

काठमाण्डौ,असार २०।
नदुखेको घाउ चोट झिक्छ जिन्दगी ।
यसरि कति दिन पो टिक्छ जिन्दगी ।

अनमोल भनेर बेकार छ फुर्ति लाउनू,
यहाँ प्याजको भाउमा बिक्छ जिन्दगी ।

अनुतिर्ण हातमा जति प्रयास गर्दा पनि
साँच्चै सफल हुन कैले सिक्छ जिन्दगी ।

सायद मायाँ भन्दै के थोक गरिएन होला
तर पनि सँधै घृणा नजिक छ जिन्दगी ।

सँधै तनावग्रस्त देख्छु यहाँ धनी हुनेहरु
कस्तो अचम्मको मालिक छ जोन्दगी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।