काठमाडौं महानगरपालिकाका पाँच वडा अध्यक्षलाई ‘स्थानीय सेवा गौरव पदक’
कपन अनलाइन
काठमाडौं ,मंसिर ३०।
काठमाडौं महानगरपालिकाले महानगर दिवसका अवसरमा ५ जना जनप्रतिनिधिलाई ‘स्थानीय सेवा गौरव पदक’ बाट सम्मानित गरेको छ।
वि. सं. १९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा भएको काठमाडौं महानगरपालिकाले प्रदान गर्ने ‘स्थानीय सेवा गौरव पदक’ यस वर्ष वडा नं १ ,३ ,२७,२९ र ३० का जनप्रतिनिधिले प्राप्त गरेका छन।
काठमाडौं महानगरवासीलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्दै महानगरको शुसासनमा योगदान पुर्याए बापत महानगरपालिकाले वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ , वडा नं ३ का अध्यक्ष दिपक केसी , वडा नं १९ का अध्यक्ष शशीलाल श्रेष्ठ,वडा नं २७ का अध्यक्ष चिनियामान बज्राचार्य र वडा नं ३० का अध्यक्ष दल बहादुर कार्कीलाई पदक प्रदान गरेको छ।
तपाइँको प्रतिक्रिया ।