धर्ति हाम्री आमा : अनुषा घिमीरे

धर्ति हाम्री आमा : अनुषा घिमीरे

कपन अनलाइन

काठमाण्डौ,असार २०।

धर्ति हाम्री आमा अनि हिमाल हुन बाबा
गौरि शंकर सिखरमा दिन्छन् सितल छायाँ
सगरमाथा सिर हो हाम्रो बस्छ मुटु माझ
लेक बेशीकै मायाँ लाग्छ मलाई हिजो आज
तराईको बन जंगल मन पर्छ मलाई
हिमाल पहाड मधेश संरक्षण गरे हुन्छ भलाई
मेची कोशी गण्डकी र महाकाली नदि
बत्ति बाली दिन्छन हजुर सललल बगी
हिमालका चुचुरा र सहर अनि गाउँ
घुम्न जाने मन छ मलाई प्राकृतिक ठाउँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।