प्रदेस सभा सदस्यको सुझावमा धोवीखोला कोरिडोरको ग्राबेल झिकियो ,वडा अध्यक्षको आपत्ति
कपन अनलाइन
काठमाडौं ,मंसिर ३०।
धोबिखोला कोरिडोरको बालुवाखानी-चखुंचा पुल खण्डको सडकमा हालिएको ग्राबेल झिकेर अन्तै लगिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा -११ मा रहेको सो कोरिडोर खण्डमा मंसिर २९ गते डोजर प्रयोग गरी ग्राबेल झिकिएकोमा बुढानिलकण्ठ -११ का अध्यक्ष राजु अधिकारीले आपत्ति प्रकट गरेका छन।
ग्राबेल सुचना प्राप्त गरे पछि ,सदस्य बिनोद तामाङ, वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठ स्थानीय टोल सुधार समिती ,प्रहरी सहित सो स्थलमा पुगेका उनले ग्राबेल झिकेर लैजाने बुढानिलकण्ठ -१३ बस्ने भरत श्रेष्ठलाई सम्पर्क गरेका थिए।
भरत श्रेष्ठ संग कुरा गर्दा बागमती प्रदेश सभा सदस्य न्युछे नारायण श्रेष्ठको सुझावमा सो स्थान बाट चुनिखेल लगिएको जानकारी आएको बताउदै वडा -११ का अध्यक्ष अधिकारीले यस बारेमा आफुले प्रदेस सभा सदस्य कुरा गर्दा उनले स्वीकार गरेको बताएका छन।
सो क्षेत्रका स्थानीयले वर्षातमा हिलोको समस्या भोग्दै आएको र त्यसको समाधानका लागि लाग्नुपर्ने समयमा सडकमा भएको ग्राबेल समेत वडालाई जानकारी बिना झिक्ने कार्य भएको भन्दै अध्यक्ष अधिकारीले सो कार्यमा संलग्नलाई कारवाही हुनुपर्ने माग गरेका छन।
बागमती प्रदेसका सार्वजनिक लेखा समितिका सभापति समेत रहेका श्रेष्ठले यस विषयमा कपन अनलाइन संग कुरा गर्दै सो क्षेत्रमा ढल विस्तार र कोरिडोर कालोपत्रे हुने चरणमा रहेकोले ठेकेदार संग समन्वय गरेर प्रयोग गर्न भरत श्रेष्ठलाई केहि दिन अगाडी सुझाव दिएको बताएका छन।
केहि समय पछाडी सो सडकमा ढल लगायतका पूर्वाधार बन्ने हुँदा सो ग्राबेल खेर जाने भएकोले आफुले सो सुझाव दिएको बताउदै श्रेष्ठले सो क्षेत्रको टोल सुधार समितिको आग्रहमा पहिला ग्राबेल हाल्न नगरपालिकालाई आफुले आग्रह गरेको जानकारी दिएका छन।
सो क्षेत्र बाट झिकिएको ग्राबेलको कथा :
धोवीखोला कोरिडोरको कठिन र भौगोलिक रुपमा कमजोर रहेको सो क्षेत्रको सडक वर्षातमा निकै हिलो हुने गरेको छ। नदि किनार र पहिला पानीको मूल रहेको सो क्षेत्रको सडक बाट यात्रा गर्ने क्रममा प्रदेस सभा सदस्य श्रेष्ठको गाडी फसेको स्थानीय राजेन्द्र श्रेष्ठले बताए। सो स्थान बाट तत्काल श्रेष्ठले बुढानिलकण्ठ नगरपालिकाका प्रमुखलाई सम्पर्क गरेर ग्राबेलका लागि आग्रह गरेको स्मरण गर्दै उनि सो क्षेत्रमा भरत श्रेष्ठले ग्राबेल हालेको बताउछन।
कुनै प्रक्रिया बिना सांसद र नगर प्रमुखको कुराकानीका आधारमा ग्राबेल हालेका भरत श्रेष्ठले सो ग्राबेलको कुनै पनि भुक्तानी पाएका थिएनन। प्रदेस सभा सदस्यले भावावेश र नगर प्रमुखले भावनामा डुवेर गरेको सो मौखिक निर्णय कानुनत धोवीखोला कोरिडोर सडकमा लागु हुदैन भन्ने ध्यानमा नहुंदा पिडित बनेका भरत श्रेष्ठले कपन अनलाइन संग कुरा गर्दै केहि लगानी उठ्ने आशामा ग्राबेल लगेको बताए।