बेलायतमा दोस्रो पटक लकडाउन घोषणा

कपन अनलाइन

लन्डन ,कार्तिक १६।

बेलायतले दोस्रो पटक लकडाउनको घोषणा गरेको छ। शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि लकडाउनको घोषणा गरेका हुन्। यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक लकडाउन गरेर जुलाईमा खुला गरिएको थियो।

यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन्। अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ।

तपाइँको प्रतिक्रिया ।