Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/122472794_2681717962067999_4252584400714761251_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/122449150_2681718042067991_158269895310191388_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

दहि छ्याप्दै मनाइयो तौथली जात्रा

कपन अनलाइन

सिन्धुपाल्चोक,कार्तिक १६ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा दही छ्याप्ने जात्रा सम्पन्न भएको छ ।  विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो ।  कोरोना भाइरस महामारीको संक्रमण बाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई  ठाउ ठाउमा स्यानीटाईजर  राखिएको थियो भने डोरीले बाटो छेकेर सहभागीलाइ स्वास्थ्य परिक्षण गरेर मात्र  प्रवेश दिइएको त्रिपुरासुन्दरी ५ का अध्यक्ष बिष्णु भक्त श्रेष्ठले बताए ।

१३ औं शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा सो स्थानमा बाहेक अन्यत्र कतै नभएको र तौथलीका स्थानीय बताउछन  आसपासका गाउँका गाईभैँसीले सधै  दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ । दुइ घन्टाको दहि छ्याप्ने  जात्र सकिए पछि महादेबिलाई जगाउन ६ वटा लिङ्गो नचाउदै  तरबार खाँडो, देखाएर नृत्य निकालिएको थियो।  जात्राका लागि वडा कार्यलय बाट  ३ लाख बजेट बिनियोजन गरेको पनि वडा अध्यक्ष बिष्णु भक्त श्रेष्ठले बताए   ।

द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डव जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बसेको महाभारतमा उल्लेख छ । उनीहरु गुप्तबास बसेको ठाउँ दोलखा भएको अनुमान गरिएको छ । गुप्तबास बस्दा अरुबाट चिनिने डरले उनीहरूले पाल्छी भाषा अर्थात् कोड भाषा प्रयोग गरेका थिए । दोलखा र तौथली डाँडाबारी र पारी पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोल्दैनन् र बुझ्न पनि कठिन पर्दछ । दोलखामा जस्तै तौथलीमा पनि भिमसेनको मन्दिर रहेको छ ।

फोटो : गणेश श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।