गोकर्णेश्वर नगरपालिकाले एफ एम रेडियो संचालन गर्ने

कपन अनलाइन

काठमाडौं ,कार्तिक १६।

गोकर्णेश्वर नगरपालिकाको आव २०७७/७८ को नीति ,बजेट तथा कार्यक्रममा  सुचना तथा संचार नीतिमा आफ्नै एफ एम रेडियो संचालन गर्ने उल्लेख गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाको पाँचौ नगर सभा बाट पारित नीति तथा कार्यक्रमको बुंदा नं १४७ मा नगरपालिकाका विविध गतिविधि ,सुचना आदि बाट स्थानीय सरकारका कामहरुलाई जनता समक्ष सहज रुपमा पुर्याउनका लागि रेडियो स्टेसन स्थापना गर्ने निर्णय गरिएको हो ।

यसका साथै नगरपालिकाका विभिन्न धार्मिक ,सांस्कृतिक तथा अन्य गतिविधिहरुलाई विभिन्न संचार माध्यमहरुको प्रयोग मार्फत प्रचार गर्ने नीति लिएको नगरपालिकाले सबै वडाहरुमा निशुल्क वाई फाई सेवा विस्तार गरेको जनाएको छ।

स्थानीय पत्रपत्रिका तथा संचार माध्यमको क्षेमता वृद्धिका लागि विकास पत्रकारिता तालिम संचालन गर्ने योजना बनाएको गोकर्णेश्वर नगरपालिकाले एकीकृत नगर सुचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडी सारेको छ ।

तपाइँको प्रतिक्रिया ।