संसद्मा बोलेका कुरा भारतीय प्रधानमन्त्रीले लत्याए ः नेता नेपाल

जुम्ला, ५ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा बोलेका कुरालाई आफैँ लत्याएको बताउनुभएको छ ।

नेकपा (एमाले)ले जुम्लाले शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपालले सो कुरा बताउनुभएको हो । नेता नेपालले नेपालको व्यवस्थापिक–संसद्मा बुद्ध, जानकी र सगरमाथाको देशसँगको लामो मित्रता छ भनी व्याख्या गरेका भारतीय नेताले अहिले अघोषित नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिएको बताउनुभयो ।

उहाँले नाकाबन्दी अहिलेको प्रमुख चुनौती भएकाले यसको समाधानलाई वर्तमान सरकारले पहिलो प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

कर्णालीको पानी, जडीबुटी, खाद्यान्न र मौलिक संस्कृतिलाई उपयोग गरी अधिकतम फाइदा लिन पनि उहाँले कर्णालीवासीसँग आग्रह गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।