अफगानिस्तानमा १०१ तालिवानी लडाकू मारिए

काबुल, (अफगानिस्तान) ३२ साउन । द्वन्द्वग्रस्त अफगानिस्तानमा सरकारद्वारा गरिएको कारबाहीमा गएको २४ घण्टाभित्र सय भन्दाबढी तालिवानी लडाकू मारिएको यहाँको गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

अफगानी सेनाको सहयोगमा प्रहरीद्वारा गरिएको कारबाहीमा १०१ सशस्त्र तालिवानी लडाकूको मृत्यु भएको छ । अफगानी सुरक्षाफौजद्वारा नानगाहर, पारवान, बागलान, कुन्दुज, र हेलमान्ड लगाएतकाठथाउँमा गएको २४ घण्टाभित्र गरिएको कारबाहीमा विद्रोही लडाकूको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । कारबाहीमा थप ८२ लडाकू घाइते भएको पनि थाहा हुन आएको छ । सरकारले सुरक्षाफौजतर्फको हताहति बारेमा भने विज्ञप्तीमा केही बताएको छैन । यसबारे तालिवानी पक्षबाट सोमबार दिउँसोसम्म कुनै प्रतिक्रिया जनाएको छैन । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।