सम्पादक बुढाथोकीको निवासमाभएको खानतलासीको सर्वत्र विरोध

काठमाडौँ, ३२ साउन । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले आज अपराह्न खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा जाहेरी दर्ता भएको भन्दै प्रहरीले उहाँको खोजी गरेको बुझिएको छ ।

Gopal-Budhathoki
अखबारमा प्रकाशित वा अनलाइनमा प्रसारित समाचारका विषयमा विद्युतीय कारोबार ऐन आकर्षित नहुने भन्दै चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूलको कार्य हुने र त्यसले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न उठ्ने गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्ति यस्तो छ

प्रेस विज्ञप्ति
मिति २०७२।०४।३२
प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको घरमा केही प्रहरीले सोमबार अपराह्न अनधिकृत तवरबाट छापामार्ने तथा परिवारका सदस्यहरुलाई आतंकित पार्ने काम गरेका छन् ।
सम्पादक बुढाथोकी घरमा नरहनुभएको बेला अखबारमा प्रकाशित समाचारका विषयलाई लिएर प्रहरी उहाँको घरमा पुगेको हो । उहाँद्वारा सम्पादित साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा जाहेरी दर्ता भएको भन्दै प्रहरीले उहाँको खोजी गरेको छ । अखबारमा प्रकाशित वा अनलाइनमा प्रशारित समाचारका विषयमा विद्युतीय कारोबार ऐन आकर्षित नहुने विगतको सहमतिविपरित प्रहरीले जबरजस्त सम्पादक बुढाथोकीको धरपकड गर्न खोजेको छ । अखबारमा प्रकाशित समाचारका विषयमा उत्पन्न हुने कुनै पनि गुनासो तथा उजुरी सुन्ने राज्यका निकायहरु हुँदाहुँदै फौजी विधिबाट पत्रकारलाई तर्साउने यस्तो कार्य सवर्थ निन्दनीय छ । सम्पादक बुढाथोकीको पक्राउका निम्ति प्रहरीले चालेको कदम यथाशक्य चाँडो फिर्ता होस् भनी हामी सरकारसँग माग गर्दछौँ । प्रेसलाई फौजी विधिबाट तर्साउन खोज्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूलको कार्य हुने र त्यसले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्दतामा गम्भीर प्रश्न उठ्ने कुरा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।
माधव नेपाल
महासचिव

त्यसै गरि  नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पत्रिकामा समाचार छापिएको सन्दर्भमा प्रहरीले पत्रकारलाई पक्राउ गर्न नपाउने बताए ।

अध्यक्ष विष्टले भने- पत्रिकामा छापिएको समाचारको छानविन गर्ने र उजुरी सुनुवाइ गर्ने निकाय प्रेस काउन्सिल हो, त्यसपछि अदालत छ, प्रहरीले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने वा हतोत्साहित गर्ने कुरा सैहृय हुन्न ।

 

त्यसैगरी  नेपाल प्रेस काउन्सिलले सम्पादक बुढाथोकीको घर घानतलासी प्रहरीको अधिकार क्षेत्र बाहिरको हर्कत भनेको छ ।

काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सोमवार साँझ विज्ञप्ति जारी गरी समाचार लेखेकै विषयलाई लिएर सम्पादकको घरमा जबर्जस्ती खानतलासी गरिएकोमा काउन्सिलको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

हेर्नुस विज्ञप्ति

Press-Relese-of-Press-counc

तपाइँको प्रतिक्रिया ।