Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/mahindra_rajapaksya.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

राजापाक्षद्वारा संयुक्त सरकारको प्रस्ताव अस्वीकार

कोलम्बो (श्रीलङ्का), १० साउन । पूर्व श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षको ‘युनाइटेड पिपुल्स फ्रिडम
एलायन्स’ (युपीएफए) संयुक्त सरकारमा सामेल नहुने बताउनुभएको छ ।

mahindra_rajapaksya

श्रीलङ्काली पूर्व राष्ट्रपतिले आगामी महिनामा हुन लागेको चुनावमा युपीएपफएबाट संसदीय चुनावमा भाग लिँदै हुनुहुन्छ ।

चुनावी प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति राजापाक्षले भन्नुभयो, “सत्तारुढ दल युनाइटेड
नेसनल पार्टी चुनावपछि सहमतीय सरकारको कुरा गर्दैछ, यो सम्भव छैन ।” आफ्नो नेतृत्वमा रहेको
युपीएफएले संसदमा बहुमत ल्याउने विश्वास प्रकट गर्नुहुँदै राजापाक्षले तामिल अल्पसङ्ख्यकको चुनावी
घोषणापत्रबाट सजग बन्न भन्नुभयो, उहाँले तामिल अल्पसङ्ख्यकको तामिल नेसनल अलाएन्सलाई (युएनपी) ले सहयोग गरेको समेत उक्त अवसरमा दाबी गर्नुभयो ।

आफ्नो पार्टी युपीएफएले तामिलका जायज मागलाई सम्बोधन गर्न तयार रहेको भएपनि तामिलहरुको छुट्टै राज्य बनाउने कुरामा भने आफू र आफ्नो पार्टी सहमत नरहने जनाउनुभयो । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।