भक्तपुर सल्लाघारीमा दुर्लभ सालक भेटियो

भक्तपुर सल्लाघारीमा दुर्लभ सालक भेटियो

भक्तपुर, १० साउन । नेपालमै दुर्लभ मानिएको जनावर सालक भक्तपुरमा फेला परेको छ । भक्तपुरको सल्लाघारीस्थित ट्राफिक विट नजिकै आज बिहान सालक फेला परेको हो । ट्राफिक विटमा रहेका प्रहरीले नजिकैको झाडीमा सालक देखेपछि महानगरीय प्रहरी परिसर भक्तपुरलाई खबर गरेका थिए ।

1437926553891_RG-BKT-Salak Photo -10
चार केजी तौल, ३ फिट लम्बाइको उक्त सालकलाई महानगरीय प्रहरी परिसरले जिल्ला वन कार्यालयलाई बुझाएको भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालयले उक्त सालक सूर्यविनायक नगरपालिका सिपाडोलको तौथली सामुदायिक वन उपभोक्ता समूहलाई बुझाएको प्रमुख वन अधिकृत सूर्यकान्त सिग्देलले जानकारी दिनुभयो ।

समूहले पाएको सो सालकलाई वन उपभोक्ता समूहले सुरु गरेको सालक संरक्षण क्षेत्रमा छोडिएको समूहका अध्यक्ष दीपेन्द्रकुमार थापाले बताउनुभयो । हालसम्म सालक संरक्षण क्षेत्रमा ६ वटा सालक छोडिएको छ ।

तपाइँको प्रतिक्रिया ।