Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/jharana-thapa-actress-of-nepal-300x160.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/e892a1b47238866896ddb8af293cfaee_L-300x226.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/Deepak-Raj-Giri-01-300x244.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/nayan-raj-pande-300x225.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/07/Hachetu-300x179.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

झमझम पानी पर्दा नेपाली सेलिब्रेटीहरुले के गरे ?

काठमाडौँ, २२ असार ।

अहिले झरीको मौसम छ । झरी पर्दा प्राय: मान्छेलाई कुनै न कुनै सम्झना आइहाल्छ । कोही बाल्यकालमा झरीमा रुझेको सम्झिन्छन्, कोही खेतमा रमाइलो गरेको । सम्झनामा आउँछन्– खोलामा माछा मारेको, झरीमा रुझ्दा बिरामी परेको, स्कुल जाँदा हिलोमा पछारिएर घर फर्किएको, गाडीले हिलो छ्यापेको आदि–आदि । बाल्यकालको मात्रै होइन, भर्खरका घटना पनि स्मरण गर्न लायक हुन्छन्, जे–जे झरी पर्दा भएका छन् ।

jharana-thapa-actress-of-nepal-300x160

रातभर ज्वरो आयो झरना थापा, अभिनेत्री 

झरी पर्न थालेपछि रोमान्टिक फिल हुन्छ । अझ, न्यानो हात र न्यानो साथ मिल्यो भने झरीमा निकै रमाइलो लाग्छ । जानेरै पनि झरीमा धेरै भिजेकी छु र नजानेर पनि । झरीका केही अविस्मरणीय सम्झना छन् । एकचोटि सुटिङका लागि हेटौँडा जाँदा मेकअप गर्ने बहिनी र म पानीमा भिजेर बस्यौँ । चिसो गडेछ, रातभर ज्वरो आयो । भोलिपल्ट औषधि खाएर सुटिङ गर्नुपर्ने अवस्था भयो । तीन–चार वर्षपहिले आफँै गाडी ड्राइभ गरेर काठमाडौंको तिनकुनेबाट अगाडि बढिरहेकी थिएँ ।

एउटा पार्टीमा सहभागी हुनुपर्ने थियो, फुल मेकअपमा थिएँ । साइडैबाट एउटा गाडी यस्तो हुइँकिएर आयो कि हिलोसहितको पानी उछिट्टिएर मलाई पूरै रुझायो । मैले आफ्नो गाडीको सिसा लगाउन भुलेकी रहेछु । बिजोग अवस्था भएपछि ड्राइभरलाई गाली गर्न मैले त्यो गाडीको फलो गर्दै गौशालासम्म पुगेँ, तर भेट्टाउनै सकिनँ । निराश भएर म घर फर्किएँ । हुन त म असार महिनामै जन्मिएकी हुँ । तर, मलाई झरी मनै पर्दैन । झरीसँग जोडिएका बाल्यकालका अनेक सम्झना छन् । तीमध्ये चार कक्षामा पढ्दा स्कुल जाने क्रममा गुडिरहेको गाडीले हिलो छ्याप्दा निथ्रुक्कै भएकी थिएँ ।

मेरो कपडा र कपाल हिलाम्य भयो । त्यसवेला रुनु कि हाँस्नुजस्तो भएको थियो । फेरि घर फर्किएर सरसफाइ गरी अर्को कपडा लगाएर मात्रै स्कुल गएकी थिएँ । अहिले पनि मलाई झरी खासै मन पर्दैन । मेरो घरैअगाडि अहिले किसान खेत रोपिरहेका छन् । म बार्दलीमा बसेर हेर्छु, तर खेतमा जान मन लाग्दैन । रूखका पातमा अडिएका पानीका थोपा या शीत हल्लाएर हल्का रुझ्नचाहिँ रमाइलो लाग्छ । विशेष गरी मर्निङवाक जाँदा यस्तो गर्दा निकै आनन्द अनुभूति हुन्छ ।

e892a1b47238866896ddb8af293cfaee_L-300x226

झरीको मन्द आवाज मन पर्छ,पृथु बास्कोटा, क्रिकेटर 

ठिक्क झरी मन पर्छ । बच्चा हुँदा झरी पर्नेबित्तिकै घरबाट बाहिर निस्किएर साथीसँग खेल्थेँ । जमेको पानी छ्यापाछ्याप गथ्र्याँै । बच्चा हुँदा झरीमा खेल्न खुबै मन पर्ने । मेरो चञ्चले स्वभाव थियो । अहिलेचाहिँ रुझ्न मन पर्दैन । राति सुत्ने वेला या बिहान उठ्ने वेला झरी परेको मन्द आवाज खुबै मन पर्छ ।

झरीमा रुझ्दा हजुरबुबाको गाली, दीपकराज गिरी हास्य अभिनेता

Deepak-Raj-Giri-01-300x244

झरीमा प्राय: रोपाइँको याद आउँछ । उतिखेर लाठे बनेको, रोपाहरहरूसँग जिस्केको, खेतको डिलमा बसेर चिउरा र आलुको अचार खाएको सम्झना हुन्छ ।

हिलो खेल्दा हरिप्रसाद पराजुलीको जस्तो घटना त भएको छैन । सानोमा झरीमा रुझ्न भागेर जाँदा हजुरबुबाले गाली गर्नुहुन्थ्यो । दहचोकबाट स्कुल पढ्न थानकोट पुग्नुपथ्र्यो । हिलोबाटोमा लडेर हिलाम्य घर फर्किनुपर्ने पनि हुन्थ्यो । अहिले झरी पर्दाको दिन काठमाडौंका सडकमा ड्राइभ गर्दाचाहिँ निकै सचेत हुन्छु । सचेत हुँदाहुँदै पनि एक दिन मेरो गाडी चिप्लिएर अगाडि स्कुटर चलाइरहेकी एउटी महिलालाई थोरै हिलो लाग्यो । उनी पछाडि फर्किएर हेरिन्, मलाई चिनिछिन् । कलाकार भएर यस्तो, राम्रोसँग चलाउन आउँदैन भनेर तथानाम गाली गरिन् । मैले माफी मागेँ ।

nayan-raj-pande-300x225

हिले माछा मार्दै पोलेर खाइन्थ्यो, नयनराज पाण्डे, साहित्यकार

हिजो मात्रै पनि झरीले ठूलै समस्यामा पार्‍यो । विशेष कामका लागि वसुन्धराबाट जावलाखेल जाँदै थिएँ । बालुवाटार पुग्दा बाइक बिग्रियो । त्यतिखेरै विशाल पानी पर्‍यो । पानीमा निथ्रुक्क रुझ्दै बाइक डोर्‍याएर वर्कसप पुगेँ । बाइक बनेपछि अगाडि बढेँ, तर फेरि पनि दुईचोटि बाइक बिग्रियो, पानीमा रुझ्नुपरेकै थियो । गर्नुपर्ने काम छुट्यो । बीच बाटोबाटै फर्किएर वसुन्धरातिर लाग्दै थिएँ, पुतलीसडकमा पानीको भेल रहेछ । बाइक डुब्ने अवस्था थियो । जताततै हिलो र ढल बग्ने हुँदा काठमाडौंको झरीमा बाहिर निस्किन खासै मन पर्दैन । तर, सानो छँदा नेपालगन्जमा भने झरीमा खुबै रमाइलो गरियो । पानीमा रुझ्दै आँप चुस्नुको आनन्द नै बेग्लै हुन्थ्यो । खेतमा पानी जमेको ठाउँमा हिले माछा मार्दै परालमा पोलेर खाइन्थ्यो । कहिलेकाहीँ त माछा समाइयो भनेको सर्प पो समाइँदो रहेछ । तर, पानी सर्पले टोके पनि खासै विष लाग्दैन भन्ने सुनेकाले डर लाग्दैनथ्यो । पुच्छरमा समातेर फनफनी घुमाउँदै फालिन्थ्यो । झरी परेपछि बालापनको यादचाहिँ निकै आउँछ ।

झरी त हाम्रो शत्रु सीताराम हाछेथु, ट्राफिक प्रहरी निरीक्षक

Hachetu-300x179

हामी ट्राफिक प्रहरीका लागि त झरी भनेको शत्रु नै हो । झरी परेपछि ट्राफिक जाम पनि हुने, रुझेर बिरामी पनि पर्ने । त्यसैले मलाई झरी मन पर्दैन । कोटेश्वर ट्राफिक प्रहरी प्रभागको इन्चार्ज भएर काम गर्दा एउटा सम्झनलायक घटना भयो । प्रभागअगाडि सडकमा एउटी युवती भिजिरहेकी थिइन् । उनले लगाएका भित्री–बाहिरी कपडा निकै पातला रहेछन् । झरीमा उनको हालत देखेर वरिपरि सबै मजाक गरिरहेका थिए । उनी आत्तिरहेकी थिइन् । मैले ती युवतीलाई कोटेश्वर अफिसमा लगेर राखेँ । उनका आफन्तलाई फेर्ने कपडा लिएर आउन भन्दै बोलाइदिएँ । पछि ती युवती कपडा फेरेर घर गइन् । झरीकै कारण म पनि समस्यामा परेको छु । कोटेश्वरदेखि भक्तपुरसम्मको बाटो बनिरहेको थियो । झरीमा गाडी चिप्लिँदै दौडिरहेका थिए । एक्कासि एउटा गाडीबाट यसरी हिलो उछिट्टियो कि म नचिनिने अवस्थामा पुगेँ । ड्राइभरले तत्कालै गाडी रोकेर ग्यालेनमा पानी ल्याई मलाई सफा गरिदिए । उनले पनि पछि पो चिने, म कोटेश्वर ट्राफिकको हाकिम थिएँ भन्ने ।

नयाँ पत्रिकावाट, तस्विर :  गुगल

 

तपाइँको प्रतिक्रिया ।