प्रेस स्वतन्त्रता विरोधी संविधान बन्दैनः सिटौला

प्रेस स्वतन्त्रता विरोधी संविधान बन्दैनः सिटौला

काठमाडौँ १९ असार । नेपाली काँग्रेसका महामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रेस स्वतन्त्रता बिनाको संविधान जारी हुनै नसक्ने दावी गरेका छन् ।हिजो  स्व. गिरिजाप्रसाद कोइरालाको ९२ औं जन्म जयन्तीका अवसरमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श क्याम्पसले शुक्रबार गरेको विचार गोष्ठीमा सिटौंलाले प्रारम्भिक मस्यौदामा रहेका त्रुटिहरु सच्याउन संविधानसभा तत्पर रहेको बताए ।

‘संविधानको प्रारम्भिक मस्यौदा हेरेर प्रेस स्वतन्त्रता लगायतका विषयमा प्रश्न उठेको छ। कही त्रुटी भए सच्याउँछौं तर स्वतन्त्र प्रेस विरोधी संविधान आउँदैन’, सिटौंलाले भने। लोकतान्त्रिक संविधान बनाउने गिरिजाबाबुको अभियान सफल हुन लागेको भन्दै सिटौंलाले संविधान बनेपछि पनि दलहरुबी एकता र सहकार्य आवश्यक रहने बताए ।

krishna-sitaula-gp-92th

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोकतान्त्रिक संविधान निर्माण अन्तिम चरणमा पुगेको भन्दै संविधान निर्माणसंगै मुलुक पुर्ननिर्माणको अभियानमा जुट्नुपर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले २००७/०४६ र २०६२/०६३ को आन्दोलनको नेतृत्व गर्ने नेता गिरिजाबाबु भएको भन्दै उहाँको सपना पुरा गर्ने जिम्मा नेपाली काँग्रेको काँधमा आएको बताए ।

नेपाली काँग्रेस नुवाकोटका सभापति एवम् सभासद् जगदिश्वर नरसिंह केसीले गिरिजाबाबु भइदिएको भए अघिल्लो संविधान सभाबाट संविधान आउने बताए ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले १२ बुँदे सम्झौता र राजा हटाउन गिरिजाबाबुले ठूलो भूमिका खेलेको बताए । उनले ७५ वटै जिल्लाको नेविसङ्घको अन्तिम नामाबली पार्टी नेतृत्वलाई बुझाइसकिएकाले अब छिट्टै नेविसङ्घको महाधिवेशन हुने विश्वास व्यक्त गरे ।

नेविसङ्घका नेता कुन्दनराज काफ्ले, बलदेव तिमिल्सेना, सुशिल भट्ट, जित शेरचन, हिमालदत्त श्रेष्ठ, प्रभाकर अधिकारी लगायतले गिरिजाबाबुको सपना पुरा गर्न पार्टी विधानमा चल्नुपर्ने बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।