रुद्रमती (धोवीखोला) को मुहान “धोवीढुङ्गा” …..
कपन अनलाइन
काठमाण्डौ,बैशाख १२।
काठमाण्डौ उपत्यकाको महत्वपूर्ण नदीका रुपमा रहेको रुद्रमती (धोवीखोला) को मुहान बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको छ। शिवपुरी पर्वत शृंखलाको काखमा रहेको सो मुहानलाई “धोवीढुङ्गा” का नामले चिनिन्छ।
सो मुहानको पानीलाई संरक्षण गर्दै वडा नं १,२ र ८ का विभिन्न क्षेत्रमा १५ सय भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा प्रदान गर्दै आइएको छ।
फोटो : BOOSTING BUDHANILKANTHA अभियानमा सहभागी राससका हरेराम भेटवालले कैद गरेको तस्विर ।
तपाइँको प्रतिक्रिया ।