कपनवासीको ८७ तोला सुन लुटेर कालिगढ फरार

कपनवासीको ८७ तोला सुन लुटेर  कालिगढ फरार

कपन अनलाइन ,बुनपा , जेठ ३० । कपनको मिलनचोकमा सुनको गरहगहना बनाउने एकजना भारतीय कालीगढ स्थानीयको सुन लुटेर फरार भएका छन् । सुनका गहना बनाउन मिलनचोकका बासिन्दाको ८७ तोला सुन लिएर कालिगढ वेपत्ता भएका हुन ।

images

भारतको पश्चिम बंगालस्थित घर भएका समिर हजारा, गोपल भनियालगाय १० जना कालग्ढिहरुले गरगहना बनाउँदै आएका थिए । प्रहरीमा स्थानीय १० जनाले उजुरी दिएका छन् ।
्रप्रहरीको प्रारम्भिक अनुसन्धानमा फरार कालिगढ बारा हुँदै भारत प्रवेश गरेका छन् । बौद्ध प्रहरी वृत्तले घटनाबारे अनुसन्धान थालेको छ। बिहीबार भागेका कालीगढका बारेमा शुक्रबारमात्रै प्रहरीसमक्ष उजुरी परेको थियो।

कालीगढ पीडितसँग बिहीबार १२ बजेसम्म सम्पर्कमा रहे पनि साँझदेखि उनीहरू सम्पर्कविहीन भएको पाइएको छ।

 

तपाइँको प्रतिक्रिया ।