Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/15052633Prachanda-.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पाँच माओवादीको संयुक्त रुपमा श्रम शिविर अभियान सुरु

भक्तपुर, १२ जेष्ठ – एकीकृत नेकपा माओवादीको नेतृत्वमा पाँच वटा माओवादी पार्टीको संयुक्त टोलीले सोमबारदेखि भक्तपुरमा १५ दिने श्रम शिविर अभियान सुरु गरेको छ।
15052633Prachanda-
जिल्लाका भूकम्पबाट बढी प्रभावित क्षेत्रका विभिन्न व्यक्तिका भत्किएका र भत्किने अवस्थामा पुगेका घरका भग्नावशेष हटाउने तथा अस्थायी टहरा बनाउने कार्यको आजबाट थालनी गरेको हो। एनेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम् श्रम शिविरका कमाण्डर रामचन्द्र झाले अभियान सुरु गर्दै भूकम्पले मधेस र पहाडलाई भावनात्मक रुपमै जोड्ने काम गरेको तथा मधेसका मानिस पहाडमा आएर सहयोग गरेको बताए।

त्यसैगरी, एमाओवादीका अर्का पोलिटब्यूरो सदस्य लेखराज भट्टले पार्टीको नीतिअनुसार भूकम्पपीडितका घरका भग्नावशेष हटाउने, पुनःनिर्माण र पुनःस्थापनाका लागि खटिएको बताए। त्यस अवसरमा नेकपा-माओवादीका पोलिटब्यूरो सदस्य दिलीप प्रजापति, केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ, एमाओवादीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य निर्मलकुमार भट्टराई, भक्तपुर इन्चार्ज भाष्कर प्रधानाङ्गलगायतका नेता, तराईबाट आएका ५० जनासहित तीनसय जना कार्यकर्ता अभियानमा जुटेका छन्।

भग्नावशेष हटाउन अनुरोध गर्ने सबै पीडितका घर भत्काउने तथा भग्नावशेष हटाउने काम गर्ने एमाओवादीका अन्तर्राष्ट्रिय ब्युरो सदस्य भट्टराईले जानकारी दिए। शिविरमा रहेका तीन सय जनालाई जिल्लाका विभिन्न क्षेत्रमा टोली बनाएर खटाइने बताउँदै उनले जेठ २५ गतेसम्म बिहान ७ देखि साँझ ६ बजेसम्म काम गरेर पीडितलाई पाँच सय वटाभन्दा बढी अस्थायी टहरा निर्माण गरिदिने उनले बताए। रासस

तपाइँको प्रतिक्रिया ।