Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/hatya3.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सञ्चारकर्मी सिंह हत्याको मुख्य योजनाकारलाई जन्म कैद

जनकपुरधाम, ९ वैशाख । पत्रकार उमा सिंहको हत्या भएको आठ वर्षपछि सो हत्याको मुख्य योजनाकार रहेको स्वामीजी भनिने उमेश यादवलाई आज जिल्ला अदालत धनुषाले जन्म कैदको फैसला सुनाएको छ ।

hatya

जिल्ला अदालतका मुख्य न्यायाधीश कृष्णबहादुर थापाको इजलासले यादवलाई हत्याको दोषी ठहर गर्दै उक्त फैसला गरेको हो ।

तराई एकता परिषद् नामक सशस्त्र सङ्गठन निर्माण गरेका यादवले सिंहको २०६५ साल पुस २७ गते आफ्नै डेरामा खाना पकाइएरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

जनकपुर उप महानगरपालिकाको रजौलस्थित घरमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको उनको उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको थियो । सिंहको हत्यापछि उमेश फरार भएर विभिन्न स्थानमा लुक्दै आएका थिए ।

प्रहरीले करिब एक वर्षअघि उमेशलाई पश्चिम धनगढीको गौरिफेन्टा भन्ने ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ गरेपछि उमेशलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई पुर्वपक्षको लागि थुनामा पठाइएको थियो । सोही मुद्दामा सुनवाई गर्दै अदालतले आज उनलाई जन्मकैदको आदेश दिएको हो ।

सो घटनामा संलग्न रहेको उमा सिंहको भाउजु ललितादेवी सिंह र उमेश यादवको सहयोगीको भूमिका खेलेका नेमलाल पासवानलाई यसअघि नै अदालतले जन्मकैदको आदेश गरेको थियो । उनीहरू अहिले महोत्तरी र सिरहा कारागारमा कैदी जिवन बिताइरहेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।