गगन थापाको कमजोर विकास बजेटका कारण स्थानीय कांग्रेस दवाबमा

गगन थापाको कमजोर विकास बजेटका कारण स्थानीय कांग्रेस दवाबमा

1-Desktop11

कपन अनलाइन\फाल्गुण २३, २०७१

(कपन अनलाइन समाचार विश्लेषण)
सांसद विकास कोषको १ करोडको विकास बजेटलाई अत्यन्त कमजोर रुपले विनियोजन गरेको आरोप खपिरहेका सभासद गगन थापाका कारण क्षेत्र नं. ४ का स्थानीय कांग्रेसी नेताहरु पनि दबावमा परेका छन् । काठमाडौं क्षेत्र नं. ४ का सभापति न्हुच्छे नारायण श्रेष्ठको एकल सल्लाहमा विकास बजेटलाई समानुपातिक रुपमा विनियोजन नगरेको आरोप सभासद थापालाई लागेको छ । मन्दिर तथा बाटो शीर्षकमा दश दश लाखको दरले विनियोजन गरिएको बजेटमा खानेपानी, शिक्षालगायतका विकास एवम् जनजीवनको महत्वपूर्ण पाटोमा उनको बजेटले ध्यान नदिएकोमा कांग्रेसका क्षेत्रीय तथा जिल्ला स्तरका कतिपय नेताले उनको आलोचना गरेका छन् । एमाले तथा एमाओवादीले पनि सभासद थापाको बजेटको खुलेर आलोचना गरेको समाजिक संजालहरुमा देख्न सकिन्छ ।

विशेष गरी क्षेत्र नं. ४ को सबैभन्दा बढि आवादी भएको कपन इलाकामा सभासद थापाले बजेट विनियोजनमा ध्यान दिन नसकेको गुनासो चारैतिर फैलिएको छ । कपनमा १००० हाराहारीले खानेपानी उपभोग गरिरहेको जोरधारा खानेपानी संस्था गगन थापाको विकास बजेटको महत्वमा नपरेपछि यस भेक विशेष असन्तुष्ट छ । समानुपातिकका सभासद राजन भट्टराईले जोरधारालाई २ लाख रुपैंया दिने आश्वासन दिएको अवस्थामा प्रत्यक्षरुपमा जितेका सभासद थापाकोतर्फबाट कुनै महत्वपूर्ण कुरा नपाउँदा यस क्षेत्रमा नेपाली कांग्रेसको राजनीतिक कमजोर हुने हो कि भन्ने चिन्ता बढेको एक स्थानीय नेका नेताले कपन अनलाइनलाई भने ।

कपन अनलाइनलाई फोन गरेर वा भेटेर पनि जोरधाराको विषयमा धेरै स्थानीयले गुनासो गरेका छन् । यसरी गुनासो बढिरहँदा यस क्षेत्रमा सकृय नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता तनावमा देखिएका छन् । जोरधारा खानेपानीका संस्थामा हालै महासचिवसमेत भएको बुनपा वडा नं. १४ का सभापति टंक सापकोटा पनि स्थानीयस्तरको दवाब बढेको महशुस गर्छन् । कपन अनलाइनसँगको सक्षिप्त कुराकानीमा उनले जोरधारामा बजेट नपर्दा आफूलाई अरु दवाबमा रहेको बताए । जोरधारामा नयाँ कार्यसमिति आउनु पूर्व नै सभासद थापाको बजेटको खाका कोरिई सकिएको हुनाले बजेटको सम्भावना नभएको उनको बुझाई थियो तर सभासद थापाले नगरपालिकाबाट ७ देखि १० लाख जोरधारालाई उपलब्ध गराउने उनले विश्वास रहेको बताए । साथै चाँडै नै सभासद थापाले खानेपानी संस्थाका बरिष्ठ नेतृत्वलाई भ्रमण गराउन लागेको पनि बताए ।

तपाइँको प्रतिक्रिया ।