Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/02/chori.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

एस्तो विद्यालय जहाँ विधार्थीलाइ चोरीगर्नसीकाइन्छ

तपाईले विभिन्न खाले तालिम दिने विद्यालय र प्रशिक्षण केन्द्रहरुका बारेमा सुन्नु र पढ्नु भएकै होला । जहाँ बालबालिका र युवालाई जीवनमा काम लाग्ने नयाँ नयाँ कुरा सिकाइन्छ जसबाट जीवन अझ उत्तम ढंगले बाँच्न सकियोस् । तर भारतको झारखण्डको राँचीमा एउटा यस्तो स्कुल पनि फेला परेको छ जहाँ अलि विचित्रको तालिम दिइन्छ ।

chori
यो स्कुलमा बालबालिकालाई चोरी गर्ने तालिम दिने गरिएको थियो । जसको फर्दाफास राँचीको सुखदेव नगर प्रहरीले गरेको हो । प्रहरीले यो घटनामा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु साहबगंज निवासी रहेको प्रहरीले जनाएको छ ।
छापा मार्ने क्रममा प्रहरीले पक्राउ गरेका पाँच जनाबाट कयौ स्मार्ट फोन र सिमकार्ड बरामद गरेको छ।
चोरी गर्न सिकाउने स्कुलको पर्दाफासपछि अब प्रहरी चोरी गर्न तालिम लिने बालबालिकासँग सोधपुछ गरिरहेको भारतीय संचार माध्यमले जनाएका छन् । यो स्कुलमा बालबालिकाहरुलाई मोबाइल चोरी गर्ने तालिम दिने गरिएको प्रहरीले जनाएको छ। एजेन्सी

तपाइँको प्रतिक्रिया ।