स्वीस बैंकमा प्रहरीको छापा

स्वीस बैंकमा प्रहरीको छापा

७ फागुन, एजेन्सी ।

 स्वीस प्रहरी अधिकारीले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा छापा मारेका छन् ।

उनीहरुले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात ब्यक्तिहरुका बारेमा छानबिन गरिरहेका छन् ।

swiss-bank

उक्त अनुसन्धान सम्पत्ति अपचलनमा सम्लग्न वा सहभागी भएका आंशकित ब्यक्तिहरुसम्म विस्तार हुन सक्ने जनाइएको छ । एचएसबीसीले स्वीस अधिकारीहरुलाई सहयोग गरिरहेको बताइएको छ ।

उक्त बैंकमाथि आफ्ना धनी ग्राहकहरुलाई कर छल्न सहयोग गरिरहेको आरोप सार्वजनिक भएको एकहप्तापछि छापा मारिएको हो ।

स्वीस बैंकमा स्विजरल्याण्ड, भारत लगायत नेपालका पनि केही व्यक्तिहरुले गैह्रकानूनी रुपमा पैसा लुकाएर राखेको गत हप्ता मात्र सार्बजनिक भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।