बसन्तपुरमा अज्ञात समुहद्धारा दुई छात्रामाथी एसिड प्रहार

बसन्तपुरमा अज्ञात समुहद्धारा दुई छात्रामाथी एसिड प्रहार

काठमाडौं, १० फाल्गुन  ।

काठमाडौंको बसन्तपुरमा अज्ञात समुहले दुई छात्रामाथी  एसिड प्रहार गरेको छ । एसिड लागेर उनिहरु घाईते भएका छन् ।

एसएलसी तयारीका लागि ट्युसन पढ्न गएका बेला बसन्तपुर झोछेमा अज्ञात समूहले एसिड प्रहार गरेको हो । ए प्लस ट्युसन सेन्टरमा बसिरहेका रामेछाप खनियापानी–८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगीता मगर र रौतहटकी १५ वर्षिया सीमा बस्नेतमाथि बिहान करिब ६ बजे मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।acid-attack-Nepal-1q

एसिड प्रहारबाट छाती र खुट्टामा चोट लागकी संगीताको वीर अस्पतालमा उपचार भइरहेको छ भने अनुहारमा नै एसिड परेको सीमालाई थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।