विप्लविले जनयुद्ध दिवस नाचघरमनाउने

विप्लविले जनयुद्ध दिवस नाचघरमनाउने

काठमाडौ, १ फागुन । विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीको राष्ट्रिय नाचघरमा एक कार्यक्रमसहित २०औं जनयुद्ध दिवस मनाउने भएको छ।
नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले जनयुद्ध सुरु गरेको थियो । अहिले सोही दिनलाई नेपालका सबै माओवादीहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।biplab-khulamnch

जनयुद्ध दिवसकै अवसरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । साथै चियापान कार्यक्रम पनि राखेको छ । माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले दिएको जानकारी अनुसार आजको ‘शुभकामना आदानप्रदान तथा सामना सांस्कृतिक साँझ’ कार्यक्रममा पार्टीका महासचिव विप्लवले सम्वोधन गर्नेछन् । प्रवक्ता प्रकाण्डले नेवाः राज्य समितिको आयोजनामा बिहान ११ बजे बालाजुमा चियापान आयोजना गरिएको जानकारी दिए ।

अपरान्ह ४ बजे सुरु हुने उक्त कार्यक्रममा अन्य माओवादी नेताहरु मणी थापा र मातृका यादवले पनि सम्वोधन गर्नेछन् । केन्द्रीय समितिकै आयोजनामा गर्न लागिएको यो कार्यक्रममा माओवादीको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारले विभिन्न प्रस्तुतिहरु प्रस्तुत गर्ने बताइएको छ । कार्यक्रम अवधिभर माओवादीका प्रमुख नेताहरु रहने बताइएको छ ।

यसैबीच माओवादी महासचिव विप्लवले जनयुद्ध दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै जनताको सत्ता स्थापना गर्ने आफूहरुको यात्रामा प्रतिक्रान्ति भएको बताएका छन् । पुरानै प्रतिक्रियावादी संविधान लादेर प्रतिक्रान्ति थोपर्ने दुस्साहसलाई सफल हुन नदिने बताउँदै फेरि क्रान्तिको उठान गर्ने बताएका छन् । उनले भनेका छन्, “यदि जनतामाथि प्रतिक्रान्ति लादिन्छ भनें क्रान्ति मात्र त्यसको समाधान बन्न पुग्नेछ । क्रान्ति जनताको अधिकार बन्नेछ ।”

तपाइँको प्रतिक्रिया ।