पारसलाई भेटगर्न हिमानी आज थाइल्यान्ड जादै

पारसलाई भेटगर्न हिमानी आज थाइल्यान्ड जादै

लागूऔषध कारोबारको आरोपमा करिब डेढ महिनादेखि थाइल्यान्ड उदुङखानीमा जेलजीवन विताएरहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ पूर्वयुवराज्ञी हिमानी बिहीबार थाइल्यान्ड जाने भएकी छन् । जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयंले दुःख व्यक्त गरेपछि उनी थाइल्यान्ड जान लागेको बताइएको छ ।himani-shaha_20110121071330

पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्यान्डमै रहे पनि आर्थिक अभाव र मुद्दा  फैसलाका लागि रकम व्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्यान्ड जान लागेको उच्च श्रोतले बताएको छ । हिमानी बिहीबार दिउँसो एक बजे थाई एयरलाइन्सबाट थाइल्यान जान लागेकी हुन् । थाइल्यान्डमा करिब ८ सय किलोमिटर टाढा लावसमा जेलमा रहेका पारसले केही नेपाली भेट गर्न जाँदा आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली आफन्तको आग्ररहअनुसार पारस पत्नी हिमानी त्यस तर्फ जान लागेको पारिवारिक श्रोतले जनाएको छ । – नेपाल आजको समाचारपत्रले समाचार प्रकाशित गरेको छ  –

तपाइँको प्रतिक्रिया ।