बुढानीलकण्ठ नगरपालिकामा फाल्गुण १ देखि १७ सम्म नयाँ मतदाता फोटो खिचिने

matdata jpg

कपन अनलाइन\ माघ २९, २०७१

बुढानीलकण्ठ नगरपालिकामा यो वर्ष उमेर पुगेका र यस अघि मतदाता फोटो खिच्न छुटेकाहरुका लागि फोटो खिच्ने कार्यक्रम तय भएको छ । फाल्गुण १ गतेदेखि १७ गतेसम्म नगरपालिकाको बिभिन्न वडाहरुमा मतदाता फोटो खिचाउने कार्यक्रम शुरु हुन लागेको बुढानीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विरेन्द्र भारतीले बताएका छन् ।
निर्वाचन आयोगले फोटो खिच्न तय गरेको कार्यक्रम अनुसार शुरुमा फाल्गुण १ र २ गते साविक कपन गाविस रहेको वडा नं. १२, १३ र १४ नं. वडामा फोटो खिचिने छ । त्यसैगरी फाल्गुण ४ र ५ गते साविक गाविस चुनिखेल गाविस रहेको १५, १६ र १७ नं. वडामा फोटो खिचिनेछ । फाल्गुण ७ र ८ मा साविक महांकाल गाविस रहेको वडा नं. ९, १० र ११ नं. वडामा फोटो खिचिनेछ । त्यस्तै साविक खड्का भद्रकाली गाविस रहेका वडा नं. ७ र ८ मा फाल्गुण १० र ११ गते फोटो खिचिने कार्यक्रम रहेको छ । सावि चपली गाविस रहेको वडा नं. १, २ र ३ मा फाल्गुण १३ र १४ गते फोटो खिचिने छ भने साविक विष्णुबुढानीलकण्ठ गाविस रहेको वडा नं. ४, ५ र ६ मा फाल्गुण १६ र १७ गते फोटो खिचिने नगरपालिका कार्यालयले जानकारी दिएको छ ।
मतदाताका लागि फोटो खिच्न स्थायीबासी भएको आधारपत्रसहित आउनका लागि नगरपालिकाले आग्रह गरेको छ । विशेषगरी बाहिरी जिल्लाबाट बसोबास गर्न आएका नगरवासीहरुले बसाइँसराइ पत्र भएमा मात्र मतदाता परिचयपत्रको फोटो खिच्न सक्नेछन् । त्यसैगरी विगतमा फोटो खिचाएका तर बिभिन्न त्रुटी भएका मतदाताहरुले यो शिविरमा आफ्नो परिचयपत्र सच्याउन सक्नेछन्

तपाइँको प्रतिक्रिया ।