जोरधारा खानेपानी संस्थामा ध्रुव न्यौपानेको नेतृत्वमा १३ सदस्यीय समिति

जोरधारा खानेपानी संस्थामा ध्रुव न्यौपानेको नेतृत्वमा १३ सदस्यीय समिति

IMG_8743

 

कपन अनलाइन\माघ १७, २०७१
करिब १००० सदस्य रहेको कपन जोरधारा खानेपानी संस्थामा ध्रुवराज न्यौपाने नयाँ अध्यक्ष भएका छन् । खानेपानी क्षेत्रमा पछिल्लो १३ वर्षदेखि कृयाशिल संस्थाको आज भएको चौथो अधिवेशन तथा सातौँ सााधारणसभाले न्यौपानेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । आगामी ३ वर्षका लागि बनेको समितिमा कपनमा सामाजिक जीवनमा चिनिएका नामहरु समेटिएको छ । जनसंख्याको आधारमा देशकै सबैभन्दा ठूलो नगरपालिकाको परिचित बुढानीलकण्ठ नगपालिकाको सबैभन्दा धेरै जनसंख्या भएको कपन इलाकामा खानेपानीको व्यवस्था गर्दै आएको जोरधारा खानेपानी संस्था सुरुवात देखिनै व्यवस्थापकीय समस्या देखिँदै आएको थियो । चौथो अधिवेशन तथा सातौं साधारणसभा कार्यक्रममा काठमाडौं क्षेत्र नंं ४ का सभासद तथा संसदमा जलश्रोत तथा कृषि समितिका सभापति गगनकुमार थापा प्रमुख अतिथिरुपमा उपस्थित थिए । सभासद थापाले खानेपानीको क्षेत्रमा सिँगो काठमाडौंले विशेष योजनाका साथ अगाडि बढ्नु पर्ने बताउँदै जोरधाराको स्तरोन्नतिका लागि आफू हर किसिमको सहयोग गर्ने बताएको थिए ।

IMG_8536
आज बालउद्धारा उच्च माविको प्रांगणमा भएको साधारणसभाले न्यौपानेको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेपछि विगत १३ वर्षदेखि जोरधारालाई नेतृत्व दिएर आएका डिल्लिप्रसाद ढकाललगायतका व्यक्तिहरु ससम्मान संरक्षकलगायत बिभिन्न समितिमा पदस्थापित भएका छन् ।

IMG_8534

कस्ता अनुहार आए जोरधारामा

खानेपानीको क्षेत्रमा काम गरिरहे पनि बिभिन्न समस्याले ग्रस्त जोरधारा खानेपानी संस्थाको नयाँ नेतृत्वमा आएका ध्रुवराज न्यौपाने कपन क्षेत्रमा सामाजिक क्षेत्रमा ठूलो संभावना भएको व्यक्तिको रुपमा चिनिएका युवा अनुहार हुन् । साविक कपन गाविसमा लामो समय नेकपा एमालेको नेतृत्व सम्हालेका न्यौपाने कपन क्षेत्रकै बालकुमारी निमावि व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । त्यसैगरी आजै संस्थाको महासचिवको रुपमा सर्वसम्मत चयन भएको टंक सापकोटा कपनका चिनिएका सामाजिक तथा राजनीतिक व्यक्ति हुन् । सापकोटा बुढानीलकण्ठ नगरपालिका वडा नं. १४ नेपाली कांग्रेसका सभापति हुन् । त्यसैगरी सचिव पदमा चयन भएका कुमार कसजु श्रेष्ठ लामो समयदेखि बालकुमारी टोलसुधार समितिमा काम गरिरहेका सामाजिक व्यक्ति हुन् । हाल उनी बालकुमारी टोल सुधार समितिका अध्यक्ष रहेका छन् । आजै चयन भएका प्रथम उपाध्यक्ष ठाकुरप्रसाद खकुरेल पूवै सरकारी शिक्षक हुन् भने एमाओवादीबाट राजनीतिकरुपमा कृयाशिल छन् । कोषाध्यक्षको रुपमा चयन भएका भेषबहादुर डोटेल यस अघि पनि कोषाध्यक्ष पदमै कृयाशिल थिए । पदाधिकारीहरुमा डोटेलमात्र पूर्व कार्य समितिका सदस्य हुन् ।

IMG_8490

लेखा, अनुगमन तथा सल्लाहकार समिति गठन

जोरधारा खानेपानी संस्थाको नयाँ कार्यसमिति गठनको साथै आवश्यक केही समिति पनि आजै बनेको छ । आजै बनेको लेखा समिति नारायण आचार्यको नेतृत्वमा गठन भएको छ । लेखा समितिमा जान्दवी आचार्यलगायतका सदस्यहरु छन् । त्यसैगरी केशव पाठकको संयोजकत्वमा श्याम डोटेल तथा मुरारी भण्डारी रहने एक अनुगमन समिति पनि बनेको छ । आजै बनेको सल्लाहकार समितिको संयोजक बासु बस्नेत रहेका छन् ।

IMG_8736

 

ठाकुर खकुरेलले महायज्ञमा सम्मानसमेत लिँदै बोलेको पैसा दिएका छैनन् तर उपाध्यक्ष बने !!!

जोरधारा खानेपानी संस्थामा आजै सर्वसम्मत प्रथम उपाध्यक्ष चयन भएका ठाकुरप्रसाद खकुरेल जोरधाराको ब्ल्याक लिस्ट परेको व्यक्ति भएको बुझिन आएको छ । ३ वर्षअघि जोरधारा खानेपानी संस्थाले ४ लाख लिटरको पानी ट्यांकी बनाउन संचालन गरेको भागवत महायज्ञमा उनले बोलेको रु. ३३ हजार ३ सय ३३ रुपैँया अझै नपाएका एक सदस्यले कपन अनलाइनलाई बताए । त्यस महायज्ञका हर्ताकर्तासमेत रहेका खकुरेल महायज्ञपछि ४ लाख लिटरको पानी ट्यांकी बनाउने समितिका कोषाध्यक्ष समेत रहेका थिए ।
भागवत महायज्ञमा बोलेको पैसाका लागि सपरिवार सम्मानित भएका खकुरेल कपन क्षेत्रमा चिनिएका राजनीतिज्ञ पनि हुन् । पटक पटक उनलाई यो पैसाको बारेमा भन्दा पनि चासो नदेखाएको एक सदस्यले कपन अनलाइनलाई बताए । यसैगरी सो महायज्ञमा हालीमुहाली गरेर अझै बोलेको पूरा पैसा नतिर्नेहरुको सूचिमा जोरधाराको नयाँ कार्य समितिका सदस्य बनेको सविन पन्तको नाम पनि देखिएको छ । उनी ठाकुरप्रसाद खकुरेलको नातेदार पनि हुन् ।

राजुबिक्रम थापाले खिचेका तस्वीरहरूः

IMG_8512

IMG_8628

 

IMG_8508 IMG_8502 IMG_8492 IMG_8470 IMG_8663 IMG_8659 IMG_8576 IMG_8578 IMG_8581 IMG_8600 IMG_8605 IMG_8611 IMG_8642 IMG_8636 IMG_8633 IMG_8623 IMG_8618 IMG_8614

तपाइँको प्रतिक्रिया ।