१० वर्षदेखि अनुत्तीर्ण भएकालाई पनि मौका

१० वर्षदेखि अनुत्तीर्ण भएकालाई पनि मौका

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले २०६१ सालयताका अनुत्तीर्ण विद्यार्थीलाई एक पटकका लागि भनेर परीक्षा आवेदन फाराम भर्ने मौका प्रदान गर्ने निर्णय गरेको छ ।

1649-298640619716
परिषद्ले कक्षा ११ र १२ का नियमित तथा आंशिक परीक्षार्थीका लागि आज परीक्षा आवेदन फाराम खुलाएको छ ।
सो सूचनामा २०६१ यता अनुत्तीर्ण भई बसेका विद्यार्थीलाई पनि एक पटकको मौका दिने जनाइएको छ ।
हाल अध्ययनरत तथा पुराना विद्यार्थीले माघ मसान्तभित्र आवेदन फाराम भर्न र फागुन १५ गतेसम्म विलम्ब शुल्क बुझाइ फाराम भर्न सकिने जनाइएको छ ।
२०७१ सालको कक्षा ११ को मौका परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले कक्षा १२ को परीक्षा आवेदन शुल्क वापतको रकम २०७१ मघ मसान्तभित्र नै बुझाउनु पर्नेछ । साथै उक्त मौका परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीहरुको कक्षा ११ को परीक्षा आवेदन शुल्कवापतको रकम फागुन २२ गतेसम्म विलम्ब शुल्क रहित बुझाउन सकिने छ । ती विद्यार्थीका लागि विलम्ब शुल्कको व्यवस्था गरिएको छैन ।
आंशिक परीक्षार्थीको रुपमा सहभागी हुने परीक्षार्थीहरुले आफू कक्षा १२ को नियमित परीक्षामा जुन विद्यालयबाट आवेदन फाराम भरी परीक्षा दिएको हो सोही विद्यालयबाट मात्र आवेदन फाराम भर्नु पर्नेछ ।
अन्य विद्यालयबाट भरे वा भराएको पाइएमा उक्त परीक्षा आवेदन फाराम रद्द हुने सूचनामा जनाइएको छ ।
परीक्षा आवेदन फाराम परिषद्को मोरँग, जनकपुर, हेटौँडा, काठमाडौँ, कास्की, रुपन्देही, बाँके, धनगढी, लाहान, दाङ र डडेल्धुरास्थित कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।